काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।
शुक्रबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ । निगमले भारतबाट आएको नयाँ मुल्य अनुसार डिजलरमट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएसँगै मूल्य समायोजन गरेको हो ।
इण्डियन आयल कर्पोरेशनबाट आज आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ०.५० र प्रति सिलिण्डर एल. पि. ग्यास रु. ६.२७ ले बढेर आएको तथा प्रति लिटर डिजेलमा रु. ०.९० र हवाई इन्धनमा रु. ०.४२ ले घटेर आएको निगमले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
निगम सञ्चालक समितिको निर्णय बमोजिम भोलि बिहान १ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल र मट्टितेलमा रु. १.०० ले घटाईएको तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाकालागि ब्रेक इभन पोवाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । निगमका अनुसार एल. पि. ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ ।
प्रतिक्रिया