बुटवल । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी अन्तरगत लुम्बिनी प्रादेशिक अस्पताल विशेष जिल्ला कमिटीको शुक्रबार सम्पन्न तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले सिता खनाको अध्यक्षमा १३ सदस्यी कमिटी गठन गरेको हो ।
अधिवेशनले उपाध्यक्ष्मा नारायण भण्डारी, डा. प्रसुमा मल्ल, सचिवमा विरोध पाण्डे, सहसचिवमा रामप्रसाद अर्याल र कोषाध्यक्षमा महेश रानाभाटलाई चयन गरेको हो । सदस्यहरुमा राजेशराज बन्जाडे, बसन्ती पाठक, गँगादेवी गौतम, दिपक थापा क्षेत्री, गोमा सुवेदी र डा. विवेक खनाल चयन भएका छन् । निर्वाचित कार्यसमितिलाई संठनका रुपन्देही जिल्ला सह–ईन्चार्ज रुपलाल पन्थीले पद तथा गोपनीयताको सपथ गराउनुका साथै जिम्मेवार भएर काम गर्न आग्रह गरेका थिए । क्रियाशिल र सक्रिय भएर काम गरेमा संगठन थप बलियो हुने बताउँदै उनले सफलताको शुभकामना व्यक्त गरे ।
निर्वाचितहरुलाई संगठनका नेताहरु जिवलाल भुसाल, राष्ट्रिय चिकित्सक संघका केन्द्रीय सदस्य छवि पन्थी, लुम्बिनी प्रादेशिक अस्पतालका ईकाई कमिटी अध्यक्ष ज्ञानहरी मरासिनी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालबाट सेवानिवृत्त संगठनका सदस्यहरु कुमारी हरी केसी, कृष्ण सापकोटा, कमल लामिछाने र विश्वराज गौतमलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी अस्पतालमा कार्यरत संगठनका सदस्य रामप्रसाद भट्टराई लोकसेवा आयोगबाट उप सचिवमा सिफारिस भएकोमा अभिनन्दन गरिएको थियो । यसैगरी नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश अध्यक्ष हुन सफल अस्पतालमा कार्यर संगठनका नेत्रप्रसाद आचार्य र रुपन्देही उपाध्यक्ष निर्वाचित विष्णु पन्थीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रतिक्रिया