बुटवल । दुई दशक अघिदेखि बुटवलमा सेवा प्रदान गर्दै आएको आधुनिक समाज डेन्टल केयर प्रा.लिले दाँत, मुख, गीँजा एवं समग्र मुख स्वास्थ्यसम्बन्धि सचेतना अभियानलाई तीव्रता दिएको छ । मानिसको खराब जीवनशैली, असन्तुलित आहार र नियमित स्वास्थ्य जाँचको कमीका कारण मुखको क्यान्सर तथा दाँत र गिँजासम्बन्धी रोगहरू बढिरहेको आधुनिक समाज डेन्टल केयर प्रालिका प्रवन्ध निर्देशक अमृत भुसालले बताए ।
उनले पछिल्लो समय पाठेघरको मुखको क्यान्सरपछि मुखको क्यान्सरको जोखिम बढ्दै गएको र यसबाट ज्यान गुमाउनेको संख्या पनि बढीरहेको अवस्थामा विभिन्न विद्यालय र समुदायस्तरमा दाँत तथा मुख स्वास्थ्यप्रति जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी गराए ।
मुखको क्यान्सर भएका बिरामीमा ९० प्रतिशभन्दा बढी क्यान्सरका बिरामी सुर्ती तथा गुड्खाजन्य पदार्थ सेवनका कारण हुने गरेको प्रवन्ध निर्देशक भुसालले बताए । उनले सामान्य स्वास्थ्य सतर्कताले जटिल रोगबाट बच्न सकिने बताए । ‘शरिरका अन्य अंग जस्तै मुख स्वास्थ्यमा पनि ध्यान दिन जरुरी छ ।’ उनले भने, ‘अल्कोहल, सुर्तीजन्य पदार्थ र जंकफुडको प्रयोग कम गरी बिहान–बेलुका खाना खाएपछि राम्रोसँग मुखको सफाइ गर्नेहो भने मात्रै पनि दाँत, मुख र गिजासम्बन्धि समस्या कम हुन्छ ।’ । मुख स्वास्थ तथा दाँतको उपचार महँगो भएकोले रोग लाग्न नदिन उनले आग्रह गरे । राज्यले मुख स्वास्थ्यलाई पाठ्यक्रममा समावेश गरी विद्यालय तहबाटै बालबालिकालाई सचेत गराउन जरुरी रहेको बताए ।
आधुनिक समाज डेन्टल केयरले नाफाको ५ प्रतिशत रकम बिभिन्न सामाजिक उत्तरदायित्वको काममा खर्च गर्दै आएको अध्यक्ष ज्योती सापकोटाले बताइन् । चालु आर्थिक वर्षको हालसम्म मुख स्वास्थ्य सचेतना कार्यक्रममार्फत् ७९ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालयका करिब २८ हजार विद्यार्थीलाई सेवा पदान गरेको उनले बताइन् । सोही अवधिमा २० वटा समुदायस्तरीय सचेतना तथा स्क्रिनिङ कार्यक्रम मार्फत करिब १ हजार ५०० जनालाई सेवा प्रदान गरेको उनले बताइन् ।
यस्तैगरी गत आर्थिक वर्ष रोटरी क्लब अफ लुम्बिनी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टारसँगको सहकार्यमा लुम्बिनी प्रदेशका १ लाख विद्यार्थीहरूलाई निःशुल्क मुख स्वास्थ्य सचेतना र स्क्रिनिङ सेवा प्रदान गरिएको उल्लेख गरिन् । दाँत, गिजा तथा मुखसम्बन्धि समस्या भएका बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नै उद्देश्यसहित नयाँ ठाउँबाट सेवा सुरु भएको आधुनिक समाज डेन्टल केयरका योजना प्रमुख माधब सापकोटाले बताए । बुटवलको अस्पताल लाइनस्थित यसअघि राष्ट्रिय वाणिज्य बैंक भएको ठाउँबाट नयाँ व्यवस्थापनका साथ गुणस्तरीय सेवा सुरु गरीएको उनले बताए ।
प्रतिक्रिया