ताजा अपडेट »

निसानको म्यागनाइट फेसलिफ्ट बुटवलमा सार्वजनिक

शुक्रबार, १६ फागुन २०८१, २० : ३४
40 Shares
शुक्रबार, १६ फागुन २०८१
40 Shares

बुटवल । निशान गाडीको नेपालका लागि आधिकारिक विक्रेटा पायोनियर मोटो कर्प प्रा.लिले बुटवलमा निशानको नयाँ गाडी म्यागनाइट फेसलिफ्ट सार्वजनिक गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक कार्यक्रममा बोल्दै पानियर बुटवल शाखाका वरिष्ठ प्रबन्धक आशिष दाहालले यसका विशेषता बारे जानकारी गराए । 

नेपाली बजारमा ३४ लाख ७५ हजारदेखि ५३ लाख मुल्यसम्मका ४ वटा भेरिएन्टमा म्यागनाइट फेसलिफ्ट आएको उनले बताए । उनका अनुसार भिसिया, एसेन्टा, एन कनेक्टा र टेक्ना प्लस गरी ४ वटा भेरिएन्टमा निसानको म्यागनाइट फेसलिफ्ट पाउन सकिने दाहालले जानकारी गराए । यस गाडीमा १३ वटा फरक कन्फिगरेसनहरुमा उपलब्ध रहेको तथा टर्बो पेट्रोल र नेचुरली एस्पिरेटेड इन्जिनहरु साथै म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प समेत समावेश गरिएको दाहालले जानकारी दिए । यी गाडीहरुमा बोल्ड डिजाइन, उन्नत सुरक्षात्मक विशेषता र आधुनिक प्रविधि जडान गरिएको उनले दाबी गरे ।  

यस गाडीमा ४० वटा सुरक्षात्मक विशेषताहरु र ५५ वटा सुरक्षा सम्बन्धी सुधारलाई समेटिएको पायोनियर मोटो कर्प प्रा.लि बुटवल शाखाका प्रमुख राजु थापाले जानकारी दिए । म्यागनाइट फेसलिफ्टमा चारैतर्फ गरी ६ वटा एयर ब्याग, सबै सिटमा बेल्ट स्मरण गराउने सेन्सर, ३६० डिग्री लेदर प्याक, २९ लिटर बढी क्याविन स्टोर, फ्रन्ट आर्मरेस्ट स्टोरेजसहित स्लिप रियर सिट र कप होल्डरहरु, अटो हेटल्याम्प, प्रिमियम आई की, वाक अवे लक र अप्रोच अनलकसहित ६० मिटर रेन्जसम्म रिमोट इन्जिन स्टार्ट लगायतका विशेषता समावेश गरिएको उनले जानकारी दिए । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।