दाङ । दाङको घोराही एक महिला करिब २ हप्तादेखि सम्पर्क बिहिन भएकी छन् । घोराही उपमहानगरपालिका १४ झिङ्गौरा बस्ने ३८ वर्षीया रेश्मी केसी गत फागुन २ गतेदेखि सम्पर्क विहीन भएको पारिवारिक स्रोतले जनाएको छ । गत फागुन २ गते बिहान करिब ८ बजेतिर दाङको भालुबाङदेखि घोराही घर आउने भनेर परिवारसँग फोन सम्पर्क गरेको भएयता पनि त्यसपछि अहिलेसम्म सम्पर्कमा नआएको पारिवारिक स्रोतको भनाइ छ ।
पारिवारिक स्रोतका अनुसार स्वस्थानी व्रत लिएर पुजा गर्ने भनेर गत माघ २ गते भालुबाङमा गएको र बेला बेलामा परिवारसँग सम्पर्क भइरहनथ्यो । फागुन २ गते बिहान करिब ८ बजेतिर आफू घर आउन लागेको भनेर फोन गरेको र पछि फोन गर्दा शुरुमा फोनको घन्टी गएपनि पछि मोबाइल अफ भएको भन्दै अहिलसम्म सम्पर्क विहीन भएको परिवारको भनाइ छ ।
अहिलेसम्म सम्पर्कमा नआएको हुँदा आफूहरूले प्रहरीमा निवेदन समेत दिएको र यदि कहिँ कतै कसैले देखे प्रहरी वा घरपरिवारलाई खबर गर्न समेत आग्रह गरिएको छ ।
प्रतिक्रिया