ताजा अपडेट »

भोलि हुने तेस्रो मिष्ट्रर उजिरसिंह शारीरिक सुगठन प्रतियोगिता, कस्ले मर्ला त बाजी?

शुक्रबार, १६ फागुन २०८१, १८ : ४९
118 Shares
दोस्रो मिष्ट्रर उजिरसिंहका विजेता स्यामुल गुरुङ
शुक्रबार, १६ फागुन २०८१
118 Shares

बुटवल ।  बुटवलमा तेस्रो मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०८१  भोलि फाल्गुन १७ गते शनिबार हुने भएको छ । उपाधि बिजेताले ५१ हजार नगद, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा हुने उक्त प्रतियोगिता बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको हो । जिल्ला संघका अध्यक्ष राजकुमार श्रेष्ठले कर्णेल उजिरसिंह र जितगढी किल्लको सामरिक महत्त्वलाई थप उजागर गर्ने र खेललाई पर्यटन प्रवर्द्धनमा जोडने उद्देश्य प्रतियोगिताको रहेको बताए । 

खेलाडीलाई खेलसंग पुर्खाको विरताको स्मरण गराउँदै  यस पटक प्रतियोगिता समेत ऐतिहासिक जितगढी किल्ला परिसरमा नै गर्न थालिएको श्रेष्ठले खुलाए ।

 जिल्ला संघका सल्लाहकार तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष सितु प्रसाद श्रेष्ठले आउदै गरेको राष्ट्रिय प्रतियोगितालाई मध्येनजर गर्दै यस क्षेत्रका खेलाडीहरु लाई पुर्व तयारी स्वरुप कार्ययोजना अनुसार प्रतियोगिता गर्न लागेको बताए । 

नवेदित खेलाडीको उत्पादन संगै मोफसलमा शारीरिक सुगठन खेल र खेलाडीको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने उद्देश्यले निरन्तर यस क्षेत्रमा कार्यक्रम गरि रहेको बताए ।बिगत दुई दशक अधिदेखि शारीरिक सुगठन प्रतियोगिताको आयोजना गर्दै थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन यस क्षेत्रबाट  दिएको श्रेष्ठले दाबी गरे ।

प्रतियोगिता ५ वटा वजन समूहमा हुने संघका सचिव आशिष श्रेष्ठले जानकारी गराए । उनले प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७० भन्दा केजि भन्दा बढी तौल समूह गरि पाँच तौल समुहमा प्रतियोगिता हुने बताए ।  यसपटक रुपन्देही जिल्लामा ४० वटा जिम क्लब रहेको बताउँदै उनले एउटा जिम्मबाट एउटा बजन समूहमा बढिमा २ जना खेलाडि गरी जम्मा १० जना खेलाडिले प्रतियोगितामा भाग लिन पाउने श्रेष्ठले बताए ।

 संघका कोषाध्यक्ष उत्तम गुरुङले बजन समुहमा प्रथम द्वितीय, तृतीय, हुने खेलाडीले क्रमशः १० हजार, ८ हजार, ५ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्र पाउने बताए । प्रथम  मिष्ट्रर उजिरसिंह संस्करण सुनिल आले र दोश्रो स्यामुल गुरुङले जितेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।