ताजा अपडेट »

राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने

शुक्रबार, १६ फागुन २०८१, १६ : ४६
20 Shares
शुक्रबार, १६ फागुन २०८१
20 Shares

काठमाडौं । नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सहआयोजनामा तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता आगामी चैतको १ देखि ४ गतेसम्म हुने भएको छ ।
    
नखिपोटस्थित आयोजकको आफ्नै कभर्डहलमा प्रतियोगिता हुने आयोजक नखिपोट युथ क्लबका अध्यक्ष जङ्गबहादुर सुनुवारले जानकारी दिए । प्रतियोगितामा छ स्पर्धामा करिब दुई सय ७५ खेलाडीको सहभागिता अपेक्षा गरिएको क्लबका उपाध्यक्ष इन्द्रजित लिम्बूले जानकारी बताए । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि रु तीन  लाख ८५ हजार रहेको छ । 

पुरुष/महिला सिङ्गल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ३० हजार, १५ हजार र सात हजार पाँच सय पाउने छन् । पुरुष सिङ्गल्समा शीर्ष आठ वरियतामा रहेका खेलाडी सहभागी हुन पाउने छैनन् । यु–१७ पुरुष सिङ्गल्समा पहिलो हुनेले रु १५ हजार, दोस्रोले १० हजार र तेस्रोले पाँच हजार नगद पुरस्कार हात पार्ने छन् ।

शीर्ष २० वरियताबाहेकका खेलाडीको पुरुष डबल्समा प्रथम हुनेले रु ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै मिक्स डबल्सका विजेताले रु ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले सात हजार पाँच सय पुरस्कार पाउने छन् । 

भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्समा शीर्ष तीन स्थानमा रहनेले क्रमशः रु ३५ हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब रु १५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।