ताजा अपडेट »

परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौँ ओर्लन नसकेपछि कोलकाता पुग्यो

शुक्रबार, १६ फागुन २०८१, १२ : ५७
122 Shares
शुक्रबार, १६ फागुन २०८१
122 Shares

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा चढेको कतार एयरलाइन्सको जहाज काठमाडौँ विमानस्थलको खराब मौसमका कारण ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ।

दोहाबाट काठमाडौँतर्फ आइरहेको कतार एयरलाइन्सको जहाज कोलकाता ल्यान्ड भएको फ्लाइटराडारमा देखिएको छ। परराष्ट्रमन्त्री राणा सोही जहाजमा आइरहेकी थिइन्।

जहाज काठमाडौंमा ओर्लन धेरै प्रयास भए पनि सम्भव नभएपछि कोलकातातर्फ लगिएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ।

परराष्ट्रमन्त्री राणा जेनेभामा भएको राष्ट्रसंघीय बैठकमा सहभागी भएर नेपाल फर्कदै थिइन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।