ताजा अपडेट »

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

शुक्रबार, १६ फागुन २०८१, १२ : ४०
40 Shares
शुक्रबार, १६ फागुन २०८१
40 Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् । बुढानीलकण्ठस्थित आफ्नै निवासमा शुक्रबार अपराह्न ४ बजेका लागि देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा संघीयता कार्यान्वयनमा देखा परेका अप्ठ्यारा कसरी समाधान गर्ने, संसद्मा पेस भएका महत्त्वपूर्ण विधेयक यही अधिवेशनबाट सकभर कसरी पास गर्ने र भ्रातृ संस्थालाई चैत मसान्तसम्म अधिवेशन गर्न निर्देशन दिँदै बनाएका निर्देशन समितिले के कति काम गरे जानकारी लिने र संस्थागत निर्णय गरेर आवश्यक निर्देशन दिन बैठक बोलाएको मुख्यसचिव पौडेलले जानकारी दिए ।

‘मुख्य तीन एजेन्डामा छलफल गर्न सभापतिज्यूले अपराह्न ४ बजे पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक सभापति निवास बुढानीलकण्ठमा बोलाउनु भएको छ,’ मुख्यसचिव पौडेलले    भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।