काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ भिसा योजना घोषणा गरेका छन् । यो धनी व्यक्तिका लागि अमेरिकी नागरिकता पाउने माध्यम हुनेछ ।
अमेरिकी वाणिज्य सचिव होवार्ड लुट्निकले विदेशी लगानीकर्ताका लागि विद्यमान भिसा कार्यक्रमलाई गोल्ड भिसाले प्रतिस्थापन गर्ने बताए । तर, गोल्डेन भिसासँग सम्बन्धित जानकारी अझै स्पष्ट भएको छैन । गोल्ड कार्ड भिसा धारकले नागरिकता पाउन कति समय कुर्नुपर्ने हो भन्ने पनि स्पष्ट छैन। यसको मूल्य ५० लाख अमेरिकी डलर अर्थात् झण्डै ७० करोड नेपाली रुपैयाँ हुनेछ ।
तर, पैसा लिएर नागरिकता दिने अमेरिका पहिलो राष्ट्र होइन । ट्रम्पले घोषणा गरेजस्तै योजना संसारका धेरै देशहरूमा सामान्य छ ।‘गोल्डेन भिसा’ योजनाले धनी विदेशीहरूलाई ठूलो लगानीको बदलामा अन्य देशमा बस्न र काम गर्ने अधिकार दिन्छ।
केही ‘गोल्डेन पासपोर्ट’ योजनाहरू पनि छन्, जुन केही क्यारिबियन देशहरूमा धेरै लोकप्रिय छन् । यसमार्फत धनी व्यक्तिले नागरिकताका लागि आवेदन दिइरहेका अन्य नागरिकलाई काम गर्ने र मतदान गर्नेलगायतका सबै अधिकार र स्वतन्त्रता प्राप्त गर्छन् ।
बेलायतको सल्लाहकार फर्म हेन्ले एन्ड पार्टनर्सका अनुसार धनीलाई ‘गोल्डेन भिसा’ दिने सयभन्दा बढी देश छन् । यसमा बेलायत, स्पेन, ग्रीस, माल्टा, अष्ट्रेलिया, क्यानडा र इटालीजस्ता देशहरू पनि सामेल छन्। हेन्ले एन्ड पार्टनर्सका अनुसार नागरिकता पाउन सस्तो हुने देशहरूमा नाउरु शीर्ष स्थानमा छ। यहाँको नागरिकता पाउन झण्डै पौने २ करोड रुपैयाँ मात्रै तिर्नु पर्ने हुन्छ ।
त्यसैगरी डोमिनिका र एन्टिगुवा बार्बुडाको नागरिकता पाउन एक व्यक्तिले तीनदेखि साढे तीनरचार करोड रुपैयाँ तिरे पुग्छ । टर्कीको नागरिकता लिन करिब चार करोड तिरे पुग्छ । –एजेन्सी
प्रतिक्रिया