काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको शुभकामना दिएका छन् । शुक्रबार शुभकामना सन्देश मार्फत उनले तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होसार मनाउने गरेको भन्दै ग्याल्पो ल्होसारको अवसरमा सम्पूर्णमा शुभकामना दिए ।
सन्देशमा भनिएको छ,‘आज ग्याल्पो ल्होछार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व। तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होछार मनाउँछन्। ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना !’
प्रतिक्रिया