ताजा अपडेट »

भैरहवाबाट बुद्ध ज्ञान साइकल यात्रा : ८ वर्षको बालकदेखि ७६ वर्षका वृद्धसम्म सहभागी

शुक्रबार, १६ फागुन २०८१, ०८ : ११
116 Shares
शुक्रबार, १६ फागुन २०८१
116 Shares

भैरहवा । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुमा रहेका पुरातात्विक बुद्ध स्थलहरुको पर्यटन प्रर्बधनका लागी आयोजित ‘बुद्ध ज्ञान साईकल यात्रा’ सुभारम्भ भएको छ । 

उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतले भैरहवाको बुद्धचोक स्थित लुम्बिनी गेटबाट नेपाल भारतको झण्डा फहराएर साइृकल यात्राको सुभारम्भ गराएका थिए । दुई दिने यात्रामा सबै भन्दा कम उमेरका बालक ८ वर्षीय किस्टोफर श्रेष्ठ , बालिकामा ११ वर्षीय आस्वानी खरेल सहभागी छन् । त्यसैगरी जेष्ठ नागरिकमा भारत उत्तराखण्डका जोडी ७६ वर्षका कमल जित दिमन र ७१ वर्षीय बिस्हु दिमन सहभागी छन् । यात्रामा विश्व साईकल यात्री पुस्कर शाहसहित नेपाल, भारत र जर्मनका एक सय तीस साईकल यात्री सहभागी छन् ।

cycle

साईकल सिटी भैरहवाको आयोजनामा हरेक वर्ष हुने ‘बुद्ध ज्ञान साईकल यात्रा’ लुम्बिनीमा पुगेर समापन हुने आयोजक संस्थाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए । ‘बुद्ध ज्ञान साईकल यात्रा’ सहभागीता जनाउन नेपाल भारत लगायत बिभिन्न स्थानहरुबाट एक सय तीस साईकल यात्रीहरु बिहिवार भैरहवा आईपुगेका थिए । उनिहरुलाई भैरहवामा खादा लगाएर स्वागत गरिएको थियो । 

लुम्बिनीको पर्यटन प्रवर्द्धन, स्वास्थ्य, पर्यावरण र व्यापार व्यवसाय वृद्धिका लागि गत वर्षदेखि साईकल सिटी भैरहवाले बुद्ध ज्ञान साईकल यात्रा गर्न लागेको कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले बताए दिए ।  आन्तरिक र बाहिय पर्यटकको नजरमा लुम्बिनी बाहेकका बुद्धसँग जोडिएका अन्य स्थान सधै ओझेलमा परेको हुनाले ति क्षेत्रको प्रचार प्रसारका लागी राष्ट्रिय तथा अन्तराष्ट्रिय साईकिलिष्टहरुलाई सहभागीता गराएर साईकल यात्रा गराउन लागेको हो । हरेक वर्ष हुने साईकल यात्राले गौतम बुद्धसँग सम्बन्धित क्षेत्रहरुको अझ बढी प्रचार प्रसार हुने र जसको कारण भगवान गौतम बुद्ध बारे थप जानकारी, ज्ञान प्राप्त र लुम्बिनी बाहेक बुद्धसँग जोडिएका स्थानहरुको प्रचारप्रसारमा पनि सहयोग पुग्ने साईकल सिटि भैरहवाका सचिव थिरेन्द्र श्रेष्ठले बताए ।  

cycle yatra

सहभागी साईकिलिष्टहरुले पहिलो दिन करिव ८५ किलोमिटर र दोस्रो दिन ९० किलोमिटर दुरी तय गरेर विभिन्न स्थानको अवलोकन भ्रमण र जानकारी प्राप्त गर्ने छन् । पहिलो दिन नवलपरासीको रामग्राम हुँदै पुनः रुपन्दे देबदहको पण्डितपुर, बुद्ध मावली भवानीपुर, बौद्धकालिन पाकरी रुख हुँदै तिलोत्तमा नगरपालिकाको वनवाटिका, बुटवलको जितगढी किल्ला हुँदै सांझ भैरहवा आईपुग्ने छन् । 

saekal

दोस्रो दिन भैरहवाको बसडिलवा स्थित शिव मन्दीरबाट सुरु भई शुद्धोदन गाउँपालिकामा रहेको बुद्धकालिन भुवनेश्वर मन्दीर , गैडहवा गाउँपालिकाको गैडहवा ताल, यशोधरा पार्क हुँदै कपिलवस्तुको मानव निर्मीत जगदिसपुर ताल, सग्रहवा, राजा शुद्धोदनको प्राचिन दरवार तिलौराकोट, कुछन्द बुद्धले ज्ञानप्राप्त गरेको स्थान गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, भगवान बुद्ध र उनको छोरा पहिलो पटक भेट भएको स्थान कुदान हुँदै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आएर समापन गरिने कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

cycle toure

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।