ताजा अपडेट »

गार्गी एकेडेमीको १५ औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

विहीबार, १५ फागुन २०८१, २१ : ४९
26 Shares
विहीबार, १५ फागुन २०८१
26 Shares

बुटवल । बुटवल-११ देवीनगरस्थित गार्गी एकेडेमीले विभिन्न कार्यक्रम गरी १५ औँ वार्षिकोत्सव मनाएको छ । बिहीबार आयोजित मूल समारोहको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्दै बुटवल शिक्षा र खेलकुदको हब बन्दै गइरहेको बताइन् । 

बुटवलको समग्र शैक्षिक विकासमा संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले यहाँका सामुदायिक विद्यालयहरु पनि देशमै अब्बल रहेको धारणा राखिन् । विद्यार्थीहरुको प्रतिभा प्रस्फूटन तथा विकासका लागि उपमहानगरपालिकाले हरेक वर्ष अन्तरविद्यालय स्तरीय विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको उपप्रमुख अर्यालले बताइन् ।

‘विद्यालय किताब पढ्ने र पढाउने ठाउँ मात्रै होइन । बिभिन्न विधामा खेलाडी उत्पादन गर्ने ठाउँ पनि हो, त्यसैले हरेक विद्यालयमा अध्ययन सँगसँगै अन्य अतिरिक्त क्रियाकलापहरु पनि हुन जरुरी छ ।’ उनले भनिन् । छोटो समयमै उत्कृष्ट नतिजाका साथ गार्गी एकेडेमी ‘ए’ ग्रेडमा परेकोमा खुसी व्यक्त गर्दै उनले यसलाई निरन्तरता दिन आग्रह गरिन् । उपमहानगरले विभिन्न सीपपमुलक तालिम सञ्चालन गरी स्वरोजगार बनाउने अभियानसँगै उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकलाई प्रोत्साहन गर्दै आएको उनले बताइन् ।

gargi school

कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले उत्कृष्ट नतिजाका लागि शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए । दक्ष जनशक्ति उत्पादनमा विद्यालय मात्र नभई अभिभावकहरू पनि जिम्मेवार हुनुपर्ने धारणा राख्दै उनले बालबालिकाको अध्ययनको लागि घरमा पनि अनुकूल वातावरण तयार गर्न आग्रह गरे । यस्तै निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) रूपन्देहीका अध्यक्ष दीपक खनालले विद्यालयमा आयोजना हुने विभिन्न क्रियाकलाप र उत्सवहरूले बालप्रतिभा उजागर गर्न उपलब्धीमूलक सावित हुने बताए ।

कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले विद्यार्थीलाई किताबी ज्ञानसँगै जीवनउपयोगी शिक्षा प्रदान गर्दै आइरहेको बताए । विद्यार्थीमा रहेको प्रतिभाको उजागर गर्न विद्यालयले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको प्राचार्य अधिकारीको भनाई छ । यहाँका विद्यार्थीहरु जिल्ला तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको उनले दावी गरे ।

विद्यालयका अध्यक्ष झविन्द्र अधिकारीले विद्यालयले अध्ययन सँगसँगै खेलकुद र अन्य विधालाई समेत प्राथमिकतामा राखेर आफ्नो योजना अघि बढाएको बताए । अभिभावक, शिक्षक र कर्मचारीको मेहेनतले छोटो समयमै विद्यालयले ठूलो सफलता हासिल गरेको उनले बताए ।

gargi school1

विद्यालयका सञ्चालक सदस्य जीवन अधिकारी, सल्लाहकार राजेन्द्र ढकाल लगायतले बोलेका थिए । कार्यक्रममा एसईई, कक्षा ८, शैक्षिक सत्र २०८० मा विभिन्न तहमा उत्कृष्ट हुन सफल विद्यार्थीहरु र अन्य बिभिन्न विधामा पुरस्कार वितरण गरीएको कार्यक्रम संयोजक विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख भीमबहादुर चौधरीले जानकारी दिए । कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक नृत्य, तेक्वान्दो प्रस्तुत गरेका थिए ।

यस क्षेत्रमा छोटो समयमै उत्कृष्ट नतिजा दिएर अभिभावक र विद्यार्थीको रोजाइँमा परेको विद्यालयमा २ हजार २०० विद्यार्थी अध्ययनरत छन् । गार्गी चाइल्ड क्लवका अध्यक्ष सिसम रानाको स्वागत तथा विद्यालयका मावि संयोजक शिक्षक समिर अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

sabitra bhandari

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।