ताजा अपडेट »

कुलमानका पक्षमा माइतीघर मण्डलामा प्रदर्शन

विहीबार, १५ फागुन २०८१, २१ : १६
20 Shares
विहीबार, १५ फागुन २०८१
20 Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

विहीवार ‘नेपाली जनता’को व्यानरमा खवरदारी कार्यक्रम गरिएको हो । सरकारले घिसिङलाई पदबाट हटाउने तयारी गरेपछि समर्थकहरु सडकमा आएका हुन् ।

‘देशलाई अन्धकारमा धकेल्ने सरकार चाइदैन,कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन पाइदैन ।’ भन्ने नाराका साथ हातमा टुकी बत्ती लिएर खवरदारी गरिएको छ ।

प्रदर्शनकारी सुखी नेपाली अभियानका संयोजक रामेश्वर श्रेष्ठले देशलाई माया गर्ने व्यक्ति देशलाई चाइएको व्यक्ति हटाउन पाइदैन भन्दै कुलमानलाई स्पष्टीकरण सोधेर काम गर्ने वातावरण नदिएको बताएका छन् ।

यस्तै समाजसेवी प्रकाश कुवँरले कुलमानलाई हटाउदा सरकार नै हट्ने वातावरण बन्ने बताए ।  

Photo (13)(3)Photo (12)(5)Photo (11)(3)Photo (10)(4)Photo (1)(6)

Photo (17)(2)Photo (16)(3)

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।