ताजा अपडेट »

बुटवलमा धुमधामले मनाइयो ४३ औं मगर दिवस (फोटोफिचर)

विहीबार, १५ फागुन २०८१, २० : ४७
64 Shares
विहीबार, १५ फागुन २०८१
64 Shares

बुटवल । बुटवलमा मगर समुदायले ४३ औं मगर एकता दिवस धुमधामले मनाएका छन् । नेपाल मगर संघको स्थापना भएको दिन फागुन १५ लाई मगर समुदायले एकता दिवसका रुपमा मनाउँदै आएका छन् ।

नेपाल मगर संघ बुटवलको आयोजनामा लखनचोक चौराहामबाट सुरु भएको झाँकी र्‍यालीसहित मिलनचोक, बसपार्क हुँदै बुटवल ७ स्थित बाजे बज्यैको मन्दिरमा आएर औपचारिक कार्यक्रममा सुरु भएको थियो । र्‍यालीमा हजारौंको संख्यामा सहभागी थिए ।

र्‍यालीपछि भएको औपचारिक कार्यक्रममा बुटवल उपमहानगरपालिका मेयर मेयर खेलराज पाण्डेयले मगर समुदायको मौलिक कला, संस्कृतिदेखि भाषा भेषभुषा पुस्तान्तरण हुन आवश्यक रहेको बताए ।

कुनै पनि समुदायको कला, संस्कृति, भाषा र भेषभुषाको संरक्षण गर्न नसके समाज परिवर्तन हुन नसक्ने मेयर आचार्यको भनाइ थियो । पछिल्लो समय मगर समुदायबाट मगर भाषा पुस्तान्तरण हुन नसकेको बताउँदै उनले भने, ‘समाज परिवर्तनका लागि कला, संस्कृति, भाषा र भेषभुषाको संरक्षण आवश्यक छ ।’

यस्तै नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष गीता सारू मगरले राज्यले मगरहरुलाई उपेक्षा गरेको बताइनु । मगरहरुले फागुन १५ लाई उत्सवको रुपमा मनाउने गरेता पनि सार्वजनिक विदा दिन समेत कन्जुसाई गरेको बताइन् । साथै उनले क्यालेन्डरमा नै फागुन १५ मा विदा नराखे आन्दोलन गर्ने चेतावनी दिइन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्याल,  वडा नं १९ का वडा अध्यक्ष चन्द्रसिङ थापा मगर , व्यवसायी गोपाल राना, ताराप्रसाद बुढाथोकी मगर लगायतले बोलेका थिए । कार्यक्रममा बुटवल उपमहानगर पालिकाका नगर प्रमूख खेलराज पाण्डेयलाई सम्मान समेत गरिएको थियो। कार्यक्रम संघका अध्यक्ष बसन्ती साठिघरेको अध्यक्षता , उपाध्यक्ष लुम बहादुर सारुको स्वागत तथा हेमन्त बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.स. २०३९ साल फागुन १५ गते स्व.हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लांघाली परिवार संघको अधिवेशनलाई आधार मानी मगर समुदायले हरेक वर्ष फागुन १५ गते मगर संघ र सम्बन्धित संघसंस्थाले एकता दिवसका रूपमा मनाउँदै आएका छन् ।

345678

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।