ताजा अपडेट »

शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यकः उपप्रधानमन्त्री सिंह

विहीबार, १५ फागुन २०८१, १३ : २९
12 Shares
विहीबार, १५ फागुन २०८१
12 Shares

काठमाडौं  । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिएका छन् । आजदेखि ललितपुरमा आयोजित नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घको २९औँ अन्तरराष्ट्रिय सम्मेलनमा उनले पाठ्यक्रम विकास, शिक्षक तालिम र समयसापेक्ष नीति निर्माण गरी शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक पर्ने बताए ।  

 विगतमा भन्दा अहिले शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तन आएको भन्दै उपप्रधानमन्त्री सिंहले मुलुकभित्रै गुणस्तरीय शिक्षा लिनसक्ने अवस्था बन्दै जानु सुखद पक्ष रहेको उल्लेख गरे । शैक्षिक नीति सुधारमा अङ्ग्रेजी भाषासम्बन्धी नीति निर्माण गरी सकारात्मक परिवर्तनका क्षेत्रमा योगदान गर्न पनि उनले सङ्घलाई आग्रह गरे । 

  “नयाँ शैक्षिक नीतिको निर्माण, पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरबीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास जरुरी छ । पाठ्यक्रम, सिकाइ सामग्री, शिक्षण विधिमा निरन्तर सुधार सुनिश्चित गर्न हामीले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयसँग सहकार्य गर्दै काम गर्नुपर्छ”, उपप्रधानमन्त्री सिंहले भने । 

 सन् १९९२ मा स्थापना भएदेखि नेपालमा अङ्ग्रेजी भाषा शिक्षालाई अगाडि बढाउन सङ्घले निर्वाह गरेको भूमिकाको उपप्रधानमन्त्री सिंहले प्रशंसा गर्दै देशको दुर्गम क्षेत्रमा अङ्ग्रेजी भाषाको शिक्षा र सिकाइलाई अभिवृद्धि गर्नमा थप भूमिका खेल्न आग्रह पनि गरे । ललितपुरमा आजदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।