ताजा अपडेट »

ट्रकको ठक्करबाट महिलाको मृत्यु

विहीबार, १५ फागुन २०८१, १३ : १६
16 Shares
विहीबार, १५ फागुन २०८१
16 Shares

कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्र्तगतको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ की २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको छ । मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट समान्य घाइते भएका छन् । 

घाइते विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।