ताजा अपडेट »

प्रधानन्यायाधीश पनि ट्रम्पकै पक्षमा, विदेश सहयोग रोक्का जारी राख्न दिए अनुमति

विहीबार, १५ फागुन २०८१, १३ : ०४
54 Shares
विहीबार, १५ फागुन २०८१
54 Shares

वासिङ्टन डीसी । अमेरिकाका प्रधानन्यायाधीश जोन जी। रोबट्र्स जुनियरले ट्रम्प प्रशासनका लागि ठुलो फैसला सुनाएको छ । अमेरिकी विदेश सहयोग नियोग यूएसएड र विदेश मन्त्रालयले पहिला नै पूरा भइसकेको सहायता कामका लागि तत्कालै डेढ अर्ब डलरभन्दा बढी तिर्नु पर्ने फैसला उनले गरेका छन् । 

यो फैसला बुधबार राति आएको हो । सङ्घीय अदालतका एक न्यायाधीशले पहिले पूरा भइसकेको कामका लागि मध्यरातिसम्ममा पैसा भुक्तानी गर्न ट्रम्प प्रशासनलाई आदेश दिएका थिए ।

न्यायाधीशले आफ्नो अधिकार क्षेत्र बाहिर गएर फैसला सुनाएको र राष्ट्रपतिको विदेशी सहायतामाथि उचित निर्णय लिने कर्तव्यमा हस्तक्षेप गरेको प्रधानन्यायाधीश रोबर्टले फैसलामा भनेका थिए । यो मामलामा अन्तिम आदेश नआउञ्जेलसम्मका लागि तत्काल पूरा भइसकेका कामका लागि डेढ अर्ब डलरभन्दा बढी तिर्नु नपर्ने गरी फैसला गरेको भन्दै एक समाचारमा द न्यूयोर्क टाइम्सले लेखेको छ ।

ट्रम्प प्रशासनको अपिलको विरोधमा उभिएको पक्षलाई उनले शुक्रबारसम्म आफ्नो जवाफ दिन आदेश दिएका छन् ।बुधबार मात्रै ट्रम्प प्रशासनका वकिलहरूले राष्ट्रपतिको निर्देशनको पालना गर्दै यूएसएड र विदेश मन्त्रालयका करिब १० हजार कर्मचारीको करार र अनुदान समाप्त गरेको बताएका थिए । एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।