ताजा अपडेट »

आज ४३ औँ मगर एकता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

विहीबार, १५ फागुन २०८१, ०६ : ५०
66 Shares
विहीबार, १५ फागुन २०८१
66 Shares

बुटवल । मगर समुदायले आज ४३ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाउँदैछन् । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।

स्थापना दिवस परम्परागत भेषभुषासहितको र्याली प्रदर्शनी तथा सोरठी, कौडा, सालैजो र घाटु नाचसहित मनाइने प्रचलन रहेको छ ।
मगर समुदायले फागुन १५ गते सार्वजनिक विदा दिनुपर्ने, नेपालका प्रथम शहीद भनिने लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् । तर आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको उनीहरुको गुनासो छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।