ताजा अपडेट »

युवा नेता राजु गुरुङ पुनः एमालेमै सक्रिय

विहीबार, १५ फागुन २०८१, ०६ : ३२
368 Shares
विहीबार, १५ फागुन २०८१
368 Shares

बुटवल । नेकपा एमालेमा असन्तुष्टी जनाउँदै पार्टी विभाजनको समय नेकपा एसमा लागेका रुपन्देहीमा प्रभावसाली युवा नेता राजु गुरुङ पुनः नेकपा एमालेमै सक्रिय भएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर नेकपा एमालेको सदस्यता नविकरण गरेको जानकारी गराएका हुन् । 

नेकपा बिभाजनका बेला माधव नेपाल समुहमा लागेर नेकपा एकिकृत समाजबादीको केन्द्रिय सदस्य समेत बनेका गुरुङ पछिल्लो एक वर्ष यता उक्त पार्टीमा समेत असन्तुष्टि जनाउँदै अलग भएको घोषणा गरेर बसेका थिए। ‘एमालेमा असन्तुष्टि जनाउँदै बिचलित भएर माधव नेपालको पक्षमा लागेको थिए, आज बालुवाटरमा एमाले अध्यक्ष कमरेडसँग भेटेर सदस्यता नविकरण गर्छु भनेको छु। वहांले स्वागत गर्छु भन्नु भयो ।’ गुरुङले भनेका छन् ।  

विद्यार्थीकालदेखि अनेरास्ववियुबाट राजनीति यात्रा सुरु गरेका गुरुङ बुटवल बहुमुखी क्याम्पसको स्ववियु सभापति, युवा संघ नेपालको रुपन्देही अध्यक्ष, केन्द्रीय उपाध्यक्ष समेत भएका थिए।  गुरुङ  युवाहरु माझ लोकप्रिय नेता मानिन्छन्।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।