काठमाडौं । नेपाली महिला फुटबल टोली फेरि एकपटक फाइनलमा पराजित भएको छ ।
घरेलु मैदानमा भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित हुन पुगेको छ ।
१५ वर्षको अवधिमा १३औं फाइनल खेल खेलेको नेपाल म्यानमारसँग २–० गोलले पराजित हुन पुग्यो ।
१३औं फाइनल खेलेको नेपालले हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । म्यानमारका लागि यु पर खाङ र विङ तेइन्जी तुनले एकएक गोल गरे ।
खाङले ६२औं र तुनले ६५औं मिनेटमा गोर गरेका थिए ।
प्रतिक्रिया