ताजा अपडेट »

५० हजार बढी भक्तजनले गरे सिद्धबाबा मन्दिरको दर्शन : पत्रकार श्रेष्ठ सम्मानित (फोटो फिचर)

बुधबार, १४ फागुन २०८१, १७ : ३८
182 Shares
बुधबार, १४ फागुन २०८१
182 Shares

बुटवल । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर महाशिरात्री पर्व मनाइएको छ । यसैबीच पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिरमा बुधबार ५० हजार बढी भक्तजनले दर्शन गरेको सिद्धबाबा मन्दिर बिकास समितिले जनाएको छ । 

WhatsApp Image 2025-02-26 at 1.08.27 PM (1)

विहान ३ बजेदेखिनै मन्दिर परिसरमा भक्तजनको भिड लागेको थियो । मन्दिरमा अखण्ड भजनसहित पुजाआजा गरिएको मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले जानकारी दिए । दर्शनार्थीहरुको सुरक्षाका लागि ३० जना सुरक्षाकर्मी, १५० बढी स्वंयसेवक र १८ वटा सिसी क्यामेराले निगरानी गरिएको बताउँदै उनले पुजाआजाका सबै कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गरे । 

WhatsApp Image 2025-02-26 at 1.08.32 PM (1)

भक्तजनलाई सहजताका लागि सरसफाइ, शौचालय, पार्किङ, भण्डारा, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको व्यवस्था गरिएको थियो । व्यवस्थित रुपमा पूजाआजाको काम सम्पन्न भएको प्रचारप्रसार संयोजक अरबिन्द पाण्डेले जानकारी दिए । मन्दिरमा दर्शन गर्न जाने भक्तजनका लागि बुटवलका विभिन्न ठाउँबाट दुई वटा निःशुल्क र ७ वटा सशुल्क बसको व्यवस्थाले भक्तजनलाई सहज भएको मेला संयोजक तोया लम्सालले बताए । 

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गरी शिवरात्री मनाइएको छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । 

WhatsApp Image 2025-02-26 at 1.08.36 PM

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व ९जगत्को कल्याण गर्ने तत्व०ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाई छ । 

व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ । 

WhatsApp Image 2025-02-26 at 1.08.26 PM

पत्रकार श्रेष्ठ सम्मानित 
यसैबीच सिद्धबाबा मन्दिरको प्रचार, प्रसार तथा बिकासमा सञ्चार क्षेत्रबाट योगदान गरेको भन्दै पत्रकार दिनेश कुमार श्रेष्ठलाई मन्दिर बिकास समितिले नगद राशीसहित सम्मान गरेको छ । मन्दिर बिकास समितिले हरेक वर्ष सञ्चारकर्मीहरुलाई सम्मान गर्दै आएको छ । करिव डेढ दशकदेखि पत्रकारितमा आवद्ध रहेका श्रेष्ठ खबरकुरा डटकमका सम्पादक हुन् । 

शिवरात्री मेलाको अवसरमा विभिन्न दाता तथा मन्दिर बिकासमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । 

07bd40c6-0bb1-451a-a5b0-b10b0d919c84

WhatsApp Image 2025-02-26 at 1.08.32 PM

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।