ताजा अपडेट »

ट्याक्टर दुर्घटना हुँदा दुई युवकको मृत्यु

बुधबार, १४ फागुन २०८१, ११ : ०२
120 Shares
बुधबार, १४ फागुन २०८१
120 Shares

धादिङ । गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको  ट्याक्टर गए राति दुर्घटना हुँदा दुई युवकको  मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको हो । गजुरी गाउँपालिका–६ का १९ वर्षीय शिरिष चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई काठमाडौँ पठाइएको छ ।

आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याक्टर पछाडि ल्याउने क्रममा दुर्घटना भएको हो । मृतकसहित चार जना ट्याङ्करमा चढेका थिए ।  ट्याक्टर चालक गजुरी गाउँपालिका–६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।