ताजा अपडेट »
अन्तर्राष्ट्रिय च्याम्पियनसिप महिला फुटबल

उपाधिका लागि नेपाल र म्यानमार भिड्दै (यस्तो छ हेड टु हेड)

बुधबार, १४ फागुन २०८१, ०५ : ११
90 Shares
बुधबार, १४ फागुन २०८१
90 Shares

काठमाडौं । अन्तर्राष्ट्रिय च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार बीच आज (बुधबार) फाइनल खेल हुँदैछ । दुवै टोलीले फाइनलका लागि तयार भएको बताएका छन् । 

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघिका तीन खेल राम्रो भएको र फाइनलका लागि तयार भएको बताए । ‘तीन खेल खेल्यौं, राम्रो भयो । अब फाइनलको तयारी हुँदैछ’ उनले भने । यस्तै कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि अहिलेसम्म सबैले राम्रो खेलेको र अब उपाधिका लागि फाइनलमा फाइट गर्ने बताइन् । उनले भनिन्, ‘दुवै टिम उपाधिका लागि खेल्छन् । जसले राम्रो खेल्छ उसैले जित्ने हो । हामी हाम्रो बेस्ट दिनेछौं ।’

म्यानमारका प्रशिक्षक र कप्तानले पनि फाइनलका लागि तयार भएको बताएका छन् । ‘फाइनलका लागि तयार छौं, आशा छ राम्रो खेल हुनेछ’ म्यानमारका प्रशिक्षक तेत्सुको युकीले भने । ‘हाम्रो खेलाडीहरू फाइनलका लागि तयार छन् । फाइनलमा राम्रो खेल्ने आशा छ’ म्यानमारका कप्तान वेन थेइङ्गी तुनले भनिन् ।

चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल र म्यानमार अपराजित रहँदै फाइनल पुगेका हुन् । दुवैले तीन मध्ये दुई खेल जित्दा एक बराबरी खेल्दै समान ७ अंक जोडेका थिए । गोलअन्तरमा म्यानमार पहिलो र नेपाल दोस्रो हुँदै फाइनल पुगेको हो । नेपालले कीर्गिस्तान र लेबनानलाई समान १(० ले पराजित गरेको थियो । म्यानमारले लेबनानलाई ३(१ र कीर्गिस्तानलाई ५(० ले हराएको थियो । नेपाल र म्यानमारबीच भएको लिगको अन्तिम खेल २(२ को बराबरीमा सकिएको थियो ।

नेपालले तीन खेलमा जम्मा ४ गोल गरेमो छ भने म्यानमारले १० गोल गरेको छ ।

हेड टु हेड

नेपाल र म्यानमारबीच अहिलेसम्म चार खेल भएको छ, जसमा नेपाल जितविहिन छ । म्यानमार दुई खेलमा विजयी हुँदा दुई खेल बराबरीमा सकिएको थियो । यसै प्रतियोगिताको लिग चरणमा नेपाल र म्यानमारले २(२ को बराबरी खेलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।