बुटवल । मौलिक लोक संस्कृति जगेर्ना तथा संस्कृति संरक्षण गर्न बुटवल उपमहानगरपालिकाले १५ दिने पञ्चेबाजा बजाउने तालिम दिएको छ । बुटवल उपमहानगरपालिकाका विभिन्न आमा समुहहरुलाई नगरा, मंगल धुन, नाच्ने धुन लगायत बजाउन सिकाईएको हो ।
एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले पाच वटा समुहलाई नौमति बाजा सेट हस्तान्तरण गरेका छन् । कार्यक्रममा उनले महिला समुहको आग्रहमा तालिम दिईएको बताए। तालिमलाई अवसरका रुपमा लिएर महिला समुह भाग लिएको उनले बताए ।
कार्यक्रममा उपमेयर सावित्रादेवि अर्यालले सिप सिकाएर ब्यवसायिक रुपमा आयआर्जन गर्न सक्ने गरि तालिम दिईएको बताईन । महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन सिप सिकाउदै आयआर्जनमा जोड्ने गरि सिप सिकाएको उनले बताईन। उमेर समुह अनुसार प्रशिक्षकहरुलाई सिक्न समेत कठिन भएको हुनसक्ने भन्दै अब यो आमा समुह निरन्तर आत्मनिर्भर बन्न आग्रह गरिन ।
कार्यक्रममा प्रशिक्षार्थी ईश्वरा पन्त बश्यालले आमा समुहलाई लक्षित गरि आयआर्जनमा जोड्ने गरि ईतिहास बनाउने काम भएको बताईन । सिपसंगै सामग्री पाउदा धेरै खुशी रहेको र उर्जा थप्ने काम भएको भन्दै उनले बताउदै आगामी दिनमा थप रचनात्मक तालिमहरु दिन आग्रह गरिन। तालिममात्र नभई समाजमा सबै जातजाती र समुदायमा मिलेर बस्ने र ब्यवहार गर्ने ब्यवहारिक ज्ञान समेत पाएको उनले बताईन ।
कार्यक्रममा नेपाल संगित नाट्य प्रतिष्ठानका प्राज्ञ दुर्गा रायमाझी, बरिष्ठ नृत्य निर्देशक कृष्ण रेउले, राष्ट्रिय लोकदोहरी प्रतिष्ठानका केन्द्रिय सदस्य डिल्लि नारायण पाण्डेले निरन्तर तालिम उपलब्धिमुलक भएको बताए ।विभिन्न आमा समुहका ६५ जना महिलाहरुलाई ५ समुह बनाएर प्रशिक्षक सुरेश सेन्चुरी, अनिल पहारीले तालिम दिएको सामाजिक विकास महाशाखा प्रमुख तथा संयोजक दामोदर ज्ञवालीले बताए । केहि समयपछि थप पाच समुहलाई तालिम दिईने उनले बताए ।
प्रतिक्रिया