ताजा अपडेट »

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री पशुपतिमा

मंगलबार, १३ फागुन २०८१, २१ : ०१
14 Shares
मंगलबार, १३ फागुन २०८१
14 Shares

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ महाशिवरात्रिको पूर्वसन्ध्यामा पावन पशुुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् ।
कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए ।

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुुपतिनाथ मन्दिर पुुगेका थिए ।
हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुुपतिनाथ मन्दिरमा दर्शनार्थीका रुपमा प्रधानमन्त्री ओलीलाई पाउँदा मन्दिर परिसरमा रहेका सर्वसाधारण भक्तजनले प्रशन्नता र उत्सुकता व्यक्त गरेका थिए ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी यही फागुन १२ गतेदेखि १५ गतेसम्म पशुुपतिनाथ मन्दिरको चार किल्लाभित्र मासुु, मदिरा तथा नसालुपदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।