ताजा अपडेट »

प्रगतिशील लेखक संघ, नवलपरासी शाखाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

मंगलबार, १३ फागुन २०८१, २० : ४१
40 Shares
मंगलबार, १३ फागुन २०८१
40 Shares

बुटवल।  प्रगतिशील लेखक संघ,नेपाल, नवलपरासी शाखाको दोस्रो जिल्ला सम्मेलन बर्दघाटमा मंगलवार सम्पन्न भयो ।

प्रमुख अतिथिका रुपमा रहेका प्रलेस, नेपालका केन्द्रीय सचिव दलबहादुर गुरुङले भने( बामपन्थीहरुको साझा सांस्कृतिक मोर्चा प्रलेस,नेपाललाई जीवन्त र दीगो राख्न सबै बामपन्थी पार्टीहरुकाममात्र  सक्दो सहयोग हुनुपर्ने देखिन्छ ।  भाषणमा सबै बामपन्थीका साझा सांस्कृतिक मोर्चा प्रलेस,नेपाल भन्ने तर अपनत्व भने कसैले नलिने  व्यवहारले चिन्तित तुल्याएको उनले बताए ।

२००९ सालमा गठित प्रलेस,नेपालले प्रगतिशील लेखन आन्दोलनलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै प्रगतिशील लेखन,पठन संस्कृति यतिबेला कमजोर भईरहेको सुनाए । व्यवस्था परिवर्तनका लागि लेखक तथा कलाकारहरु गतिशील भई   डटेर लागेको ईतिहास बताउँदै नेपालको प्रगतिशील लेखन आन्दोलनलाई बचाई राख्न र थप उचाइँमा पुराउन कलम तिखार्नुपर्ने बेला आएको प्रमुख अतिथि गुरुङले बताए ।

नेपालका बामपन्थी पार्टीहरुका बीच वैमनस्यता,  कटाक्ष र एउटै टेवलमा बसेर चिया खाने वातावरण समेत हराउँदै गएको बेला प्रलेस नेपाल सम्बन्ध सेतूको रुपमा अग्रसर रहेको जानकारी गराए । सम्मेलनमा विशिष्ट अतिथिका रुपमा रहेका बर्दघाट प्रज्ञाप्रतिष्ठानका कुलपति  डा। घनश्याम परिश्रमीले नेपालको बामपन्थी आन्दोलन र प्रगतिशील लेखन यात्रालाई अघि बढाउने बामपन्थीहरुको छाता संगठन प्रलेस,नेपाल रहेको र यसको गरिमा एवम् महिमालाई जोगाउन सबै लाग्नुपर्ने ओैंल्याए । कम्युनिस्ट पार्टीहरु कमजोर हुँदै गएकाले पार्टीका नेताहरुलाई दिशानिर्देश गर्न प्रलेस,  नेपाल सक्रिय हुनुपर्नेमा जोड दिए ।

सम्मेलनमा अतिथिका रुपमा नेकपा एमालेका तर्फबाट बद्रीनाथ खनाल, एमाओवादीका तर्फबाट डोलराज न्यौपाने र राजमोका तर्फबाट ढुण्डीराज   पोखरेलले प्रलेस,नेपाललाई साझा सांस्कृतिक मोर्चाका रुपमा स्थापित गर्न आफूहरु नचुक्ने बताए । साथै  प्रलेसलाई सक्दो सहयोग गर्न कटिबद्ध रहेको समेत सुनाए । सम्मेलनले रेम रानाको अध्यक्षतामा तीन सदस्य पहिलो बैठकले थप्ने गरि १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । 

जसको उपाध्यक्षमा शेषकान्त पौडेल,पार्वती पौडेल, सचिवमा लक्ष्मी बर्तौला,सहसचिवमा शक्ति पौडेल र कोषाध्यक्षमा डिल्लीराज ज्ञवाली चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा दया दर्लामी, लक्ष्मण हमाल,मदनबहादुर विष्ट र कृष्णबन्धु पौडेल छनौट भएका छन् ।

निर्वाचन मण्डलका संयोजक तिलक सुवेदीले नवनिर्वाचित कार्यसमितिलाई सपथग्रहण गराएका थिए । सम्मेलनमा प्रलेस,नेपाल,नवलपरासी शाखाका संस्थापक अध्यक्ष रेम रानाले स्वागत र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सम्मेलनको सञ्चालन लक्ष्मी बर्तौलाले गरेकी थिईन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।