ताजा अपडेट »

युवाको अमेरिकामा कानुन बन्ने प्रक्रिया बुझ्ने हुटहुटी

मंगलबार, १३ फागुन २०८१, ०८ : ०९
18 Shares
मंगलबार, १३ फागुन २०८१
18 Shares

अमेरिका । मिलन जंग कटुवाल २६ बर्षका छन्  । यी तन्नेरीको दैनिकी केही महिनादेखि अमेरिकाको डेलावेर राज्यको जनरल एसेम्बली हाउसमा बितिरहेको छ । युनिभर्सिटी अफ डेलावेर, बाईडेन स्कुल अफ पब्लिक पोसिली (पूर्व राष्ट्रपति जोई बाईडेनको नाममा राखिएको) मा सार्बजनिक निति (पब्लिक पोलिसी) विषयमा स्नातकोत्तर गरिरहेका कटुवाल डेलावेर राज्यको जनरल एसेम्बलीमा निति निर्माणमा सहयोगीको भूमिका निभाईरहेका छन् ।

सार्वजनिक आवश्यकताका पक्षहरु र त्यसका लागि आवश्यक पर्ने सार्वजनिक निति अनि निति निर्माणका लागि आवश्यक प्रक्रिया बुझ्ने  हुटहुटीले उनलाई डेलावेर राज्यको जनरल एसेम्बली सम्म पु¥यायो । गत वर्षको जनवरीदेखि उनी राज्य संसद मार्फत बन्ने कानुन र निति बुझिरहेका छन् ।  उनी राज्य संसदको मातहत रहने निति निर्देशकको सहयोगीको रुपमा मुख्यतः डेलावेर राज्यको हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत (मेजोरिटी) ककसका लागि काम गर्छन् ।

आवश्यकताका आधारमा हाउस अफ डेलिगेट्सहरुसँग पनि कटुवालले आफ्ना विचारहरु अभिव्यक्त गर्छन् ।  २१ सदस्यीय सिनेट र ४१ सदस्यीय डेलिगेट्स रहेको डेलावेर हाउसमा डेमोक्रेट बहुमतमा रहेको छ ।  लेजिस्लेटिभ फेलो को रुपमा डेलावेर हाउसमा उनी सहीत १५ जना रहेका छन् । जसमा अन्तराष्ट्रिय विद्यार्थीको रुपमा तीन जना छन् । कटुवाल संसदीय समिति भित्र प्राकृतिक स्रोत र उर्जा, श्रम, यातायात र कृषि गरी चार वटा समितिका लागि नजिक रहेर काम गरिरहेका छन् ।

Untitled

‘कानुन कसरी बनाईन्छ, जनताको चाहना र आवश्यकताका आधारमा कानुनहरु कसरी बन्दा रहेछन् भनेर बुझ्ने मौका मिलेको छ ।’कटुवालले भने–‘ सार्वजनिक महत्वको विषय छ भने पक्ष्ँ वा विपक्ष भन्ने कुरा यहा“ नदेखिने रहेछ, जसले विषय उठाएपनि सबै मिलेर कानुन बनाउने प्रक्रियामा सघाउने गर्दछन् ।

जसका लागि कानुन बनाउने हो उनीहरुले समेत अपनत्व अनुभव गर्ने पक्ष्ँलाई पनि बडो ख्याल गर्ने गरिएको कटुवालले सुनाए ।  ‘लोकतन्त्रमा पारदर्शिताको महत्व अहं हुने पक्षलाई बुझेर कानुन बन्ने प्रक्रियामा जनताको उपस्थितिलाई पनि खुल्ला रुपमा स्वागत गर्ने गरिएको हुन्छ । कटुवालले भने–मेम्बर अफ पब्लिकको अवधारणा अनुरुप , हाउसमा कानुन निर्माणको वहसमा उनीहरुको राय पनि राख्नका लागि आमन्त्रण गरिएको हुन्छ, आउन नसक्नेका लागि जुमवाट पनि आफ्ना राय राख्ने अवसर दिईन्छ, कहिले कस्तो कानुन बन्दैछ, हाउसमा के विषयमा छलफल हु“दैछ त्यो सबै पहिला नै सार्वजनिक गरिएको हुन्छ ।

नेपालको व्यवस्थापिका संसद सचिवालयमा समेत कर्मचारीको मातहतमा रहेर केही समय अनुभव सङ्गालेका कटुवाल नेपालामा सरकार पक्षले मात्र कानुन बनाउन सक्ने प्रावधान रहेकोमा अमेरिकामा त्यस्तो अवस्था नभएको सुनाउ“छन् ।
नेपालमा एउटा सांसदले के गर्न सक्छ र ? भन्ने खालका अभिव्यक्तिहरु समेत सुनिने गर्छ । कटुवालले भने –यहा“ त प्राईभेट बिल पनि पेश हुन्छ, एक जना सांसदले आफ्नो क्षेत्रको आवश्यकतास“ग जोडेर राज्यका लागि विल आवश्यक छ भनेर आवश्यकताको विषय उठाउन सक्छ, ईन्डिभ्युजल ईफोर्टमा पनि विलहरु पेश हुन्छन् । निजी प्रयास र व्यक्तिगत चासो तथा सरोकारको विषयले पनि सदनको ध्यानाकार्षण हुन सक्छ । ईन्डिभ्युजअल सांसदहरुले पनि कानुन बनाउन अग्रसरता लिन्छन् ।

एउटा सांसदलाई नागरिकको सेवाका लागि कानुन बनाउन वा भएको कानुन परिमार्जन गर्नुपर्छ भन्ने लाग्यो भने उसले आफ्ना कुराहरु राख्छन्, त्यसको स्वामित्व लिदैं पोलिसी डाईरेक्टरकोमा कुरा  पु¥याउँ छन्, पोलिसी डाईरेक्टरको लागि हामीले काम गर्छौ, एउटा प्रारम्भिक ड्राफ्ट बनाएर पोलिसी डाईरेक्टरलाई पठाउ“छौं, उसले त्यसलाई फाईनलाईज गरेर विषय उठाउने सांसदलाई दिन्छ, जसले विषय उठाउ“छ, त्यो स्पोनन्सर गर्ने सांसदले अन्य सांसदहरुलाई को– स्पोन्सर बनाउँछ, आवश्यकता हेरेर एक वा बढी सांसद को–स्पोन्सर हुन्छन्, नितिगत कुराहरु समेटिएपछि त्यो संसदको कानुन शाखामा जान्छ, त्यहा“वाट तयार भई आएको विषयमा संसदीय समितिमा छलफल हुन्छ, अनि हाउसमा प्रस्तुत गरिन्छ ।’ प्रक्रियावारे प्रष्ट्याउ“दैं उनले भने–सांसदले सार्वजनिक सरोकारको विषयमा ईमाजिन गरेको र नागरिकले आवश्यक ठानेको विषयमा जनप्रतिनिधिले विषय उठाउने हो, पोलिसी बनाउने हाउसले हो, सबै प्रक्रियाहरु पारदर्शी हुन्छन्, आफ्नै पार्टीका सांसदले समेत भोट नदिन सक्छन्, नदिन पाउ“छन् तसर्थ भोट पाउनका लागि कन्भिन्स गर्ने र कानुनको आवश्यकता बुझाउने दायित्व पनि स्पोन्सर गर्ने सांसदको हुन्छ ।

त्यसो त कानुन बनाउने प्रक्रिया चलिरह“दा त्यस विषयस“ग सम्बन्धित विज्ञहरुको राय पनि लिईएको हुन्छ । टेक्निकल, ईन्भायरमेन्टल, लोकल कम्युनिटीलाई पर्ने प्रभाव लगायत धेरैं विषयका विज्ञहरुको राय कानुन बनाउने प्रक्रियामा समेटिएको हुन्छ । ‘विज्ञहरुलाई रेस्पेक्टफुल्ली अनुभव राख्ने स्पेस दिईएको हुन्छ । कटुवालले भने–विज्ञहरुले आफ्ना कुरा राख्ने, जनताले आफ्ना धारणाहरु दिने सुन्दर ठाउ“ हुन्छ भने त्यसले कानुनको दिगोपना र अपनत्व सुनिश्चित गर्छ ।  भन्नका लागि ठाउ“ पाईन्छ भने मान्छे किन फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमा कुर्लन जान्छ ।

अहिले निति निर्माणको प्रक्रियामा अभ्यस्त बन्न खोजेका कटुवालले डेलावेरकै शहर विल्मिङ्टनमा निति अन्वेषकमा रुपमा अनुभव समेत सङ्गालेका छन् । नेपालमा दश जोड दुई अध्ययन सकी पूर्ण छात्रवृत्तिमा युनिभर्सिटी अफ लुजियाना, मोनरोमा निर्माण व्यवस्थापनमा स्नातक सकेका कटुवाल शहर नितिमा समेत चासो राख्छन् । २०७० सालमा नारायणी नमुना उच्च मावि चितवनवाट प्रवेशिकामा सरकारी तर्फ जिल्ला प्रथम भएका कटुवाललाई दश जोड दुईमा टाईम्स ईन्टरनेशनल कलेजले पूर्ण छात्रवृत्ति दिएको थियो । 

२०७२ सालको भूकम्पले पारेको क्ष्ँतिलाई केलाउँदा अव्यवस्थित शहर निति पनि ठूलो क्षति हुनुको एउटा कारक रहेको बुझेपछि आफूलाई अर्वान प्लानिङ पढ्ने उत्कण्ठा जागेकाे कटुवालले सुनाए । कटुवाल अर्वान प्लानिङ हु“दैं सार्वजनिक निति निर्माणको प्रक्रिया सिक्ने र अनुभव बटुल्ने काममा सक्रिय छन् । अमेरिकामा रहेका विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका उनी नेपालस“ग पनि विभिन्न ढंगवाट जोडिने गरेका छन् । नेपालको पोलिसी निर्माणको प्रक्रियालाई परदेशवाट नियालिरहेका उनी संभव भएसम्म आफ्नो उपस्थिति जनाउन पछि पर्दैनन् । 

आफूलाई खोज्ने अवस्था भए ठिकैं छ नभएपनि देश आफ्नो र अझ म पछिको पुस्ताको हो भन्ने कुरा राम्ररी बुझेका उनी आफैं पनि चासो र खोजिने भूमिका प्रस्तुत प्राप्त साना ठूला सबै ठाउ“हरुमा आफ्ना कुराहरु राख्न पछि पर्दैनन् । नेशनल पोलिसी फोरम खोलेर उनी आफू जस्ता अन्य साथी भाईलाई पनि जोडेर संभव भएसम्म नितिगत तहमा अनुभव लिएका ,अध्ययन गरेका र अध्ययन गरिरहेकाहरुको उपस्थिति फोरम मार्फत दर्साईरहेका हुन्छन् । अव देश विकासको लागि सबैभन्दा प्रमुख कुरा मानव संसाधन हुन्छ । हामी सबै देशको लागि भूमिका आफैं बनाएर फर्कनुपर्छ । उनले भने । 

सुरज भण्डारी
लेखकको बारेमा
सुरज भण्डारी
अध्यक्ष–नेजा (नेपाल अमेरिका पत्रकार संघ)