ताजा अपडेट »

प्रकृतिको परिवारलाई प्रधानमन्त्री ओलीको फोन (भिडियोसहित)

दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनटनीतिक पहल गर्ने प्रतिवद्धता

मंगलबार, १३ फागुन २०८१, ०७ : १५
156 Shares
मंगलबार, १३ फागुन २०८१
156 Shares

बुटवल । भारतको उडिसा राज्यस्थित मृत भेटिएकी प्रकृति लम्सालको परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार टेलिफोन सम्वाद गरेका छन् । प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कारबाहीका लागि आफूले कुटनीतिक पहल गर्ने प्रतिवद्धता समेत गरेका छन् । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ भैरहवामा बस्ने प्रकृतिका बुवा–आमासँग फोन सम्पर्कमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले दोषिलाई कारबाहीको दायरामा ल्याउन कुटनीतिक पहल भइरहेको र भारतमा अध्ययनरत सबै नेपाली विद्यार्थीको सुरक्षाका लागि पहल गरिरहेको जानकारी गराए । ‘सबै निपाली विद्यार्थी हाम्रै छोराछोरी हुन, सबैको सुरक्षाको लागि म सचेत छु, हामि पहल गरिरहेका छौं ।’–प्रधानमन्त्री ओलीले भने । प्रकृतिको परिवारलाई परेको पीडामा राज्य साथमा रहेको बताउँदै उनले दुःख व्यक्त गरे । 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।