ताजा अपडेट »

दातृनिकायबाट आएको रकमबारे श्वेतपत्र जारी गर्नुपर्छु

सोमबार, १२ फागुन २०८१, १४ : २६
8 Shares
सोमबार, १२ फागुन २०८१
8 Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा. अमरेशकुमार सिंहले  गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत नेपालमा भित्रिएको रकम र त्यसको उपयोगितबारे सरकारसँग जानकारी माग गरेका छन् ।

“विभिन्न दातृ संस्था र निकायबाट आएका रकमबारे सामाजिक सञ्जालमा विभिन्न कुराहरु देखिन्छन, हाम्रो देशमा जसले पनि जहाँ पनि लगानी गर्न पाउने व्यवस्था के हो रु गैरसरकारी क्षेत्रबाट कति रकम आयो र कुन क्षेत्रमा खर्च भयो त्यो सदनले थाहा पाउनुपर्छ”, उनले भने ।

यसको नियमनका लागि २०७४ सालमा राज्य व्यवस्था समितिबाट राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार भएको उल्लेख गर्दै उनले एनओजी र आइएनजीओबाट आएको पैसाबारे सरकारले श्वेतपत्र जारी गर्न माग गरे । सांसद सिंहले मुलुकलाई ग्रे–लिस्टमा पर्नुको कारण समेत सरकारसँग माग गरे । 

सांसद रोशन कार्कीले अछामकी एक १२ वर्षिय बालिका बलात्कृत भएको घटनाको निन्दा गर्दै यस प्रकारका घटना रोक्न माग गरे । उनले बालिकाहरुले न्याय नपाएको भन्दै असन्तुष्टि जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।