ताजा अपडेट »

बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

सोमबार, १२ फागुन २०८१, १२ : ०२
126 Shares
सोमबार, १२ फागुन २०८१
126 Shares

बुटवल । बुटवलमा चैत ७ गतेदेखि तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। ब्याडमिन्टन क्लवको आयोजनामा चैत ७,८ र ९ गते प्रतियोगिता हुने छ । 

३ दिने प्रतियोगिताको तयारी विभिन्न उपससमिति गठन गरि शुरु भएको आयोजकले सोमबार क्लवको कवर्ड हलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मेन्स सिगल, वुमन्स सिगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ प्लस तथा मास्टर भेट्रान्स ६० प्लस डबल्स गरि ६ विधामा खेल हुने  क्लबका द्वित्तीय उपाध्यक्ष तथा खेल संयोजक तुल्सीराम भट्टराई (शम्भु) ले बताए । उनका अनुसार खेल नवदिलिप कवर्ड हल र लुम्बिनी कवर्ड हल गरि दुई स्थानमा हुने छन् ।

मेन्स सिंगलका प्रथम, द्वित्तीय र तृतीयलाई क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि वुमन्स सिंगलका प्रथम, द्वित्तीय , तृतियलाई नगद ३० हजार, २० हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने कार्यक्रम संयोजक भट्टराईले बताए । 

यसैगरि मेन्स डबल्समा प्रथम, द्वित्तीय  र तृतीय टिमले नगद ५० हजार, ३० हजार र २० हजार रुपैया पुरस्कृत गरिने छ। यसैगरि भेट्रान्स ४५ प्लस डबल्समा प्रथम, द्वित्तीय र तृतियलाई क्रमश ४० हजार, ३० हजार र २० हजार रुपैयासहित पुरस्कृत गरिने छ।

यसैगरि भेट्रान्स ५५ प्लस डबल्समा प्रथम, द्वित्तीय र तृतियलाई नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित  पुरस्कृत गरिने छ। यसैगरि मास्टरतर्फ प्रथम, द्वित्तीय र तृतियलाई क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैयासहित पुरस्कृत गरिने बताए।

प्रतियोगितामा ३ सय बढि खेलाडी र २० हजार बढी दर्शकबाट अवलोकन हुने उनले बताए ।  कार्यक्रममा क्लबका अध्यक्ष पंकज ज्ञवालीले नेपाल ब्याडमिन्टन संघको सहकार्यमा आयोजना हुने प्रतियोगितामा राष्ट्रिय रेकिङ खेलाडीहरु भित्रने बताए।

खेलाडीहरुलाई प्रोत्साहन हुने गरि प्रतियोगिताको निरन्तरता जरुरी रहेको उनले बताए। खेल गतिविधिसंगै सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिँदै आएको उनले बताए।  क्लबमार्फत विभिन्न मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, क्षेत्रियस्तरको ५ पटक, राष्ट्रियस्तरको २ पटक, अन्तरविद्यालय प्रतियोगिता ३ पटक र मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता गरेको छ।

दोस्रो संस्करणमा मेन्सतर्फ प्रिन्स दाहाल र वुमन्सतर्फ रसिला महर्जन विजेता रहेको सचिव भानु केसीले बताए। प्रतियोगिता सम्पन्न गर्नका लागि २६ लाख भन्दा बढी खर्च लाग्ने आयोजकले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।