ताजा अपडेट »

पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमा सैद्धान्तिक छलफल गरिँदै

सोमबार, १२ फागुन २०८१, ०७ : ०२
16 Shares
सोमबार, १२ फागुन २०८१
16 Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । 

विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि विज्ञहरूसँग छलफल हुनेछ । 

बैठक मध्याह्न १२ स् ४५ बजे बस्नेछ । बैठकमा राधेश्याम अधिकारी र संविधानसभा सदस्य रामनारायण विडारीलाई बोलाइएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।