ताजा अपडेट »

टेक्नो फाेन एआई डीपसीक 'एलएलएम'सँग सुपरचार्ज भएसँगै थप स्मार्ट र थप शक्तिशाली

सोमबार, १२ फागुन २०८१, ०० : २५
22 Shares
सोमबार, १२ फागुन २०८१
22 Shares

काठमाडाैं । विश्वव्यापी टेक दिग्गज, नवीनतम र उत्कृष्ट प्रविधि ल्याउन प्रतिबद्ध ब्रान्ड टेक्नोले डीपसीक एलएलएमलाई टेक्नो एआईमा समावेश गरेर आफ्नो स्मार्टफोनहरूलाई नयाँ स्तर प्रदान गरेको छ । यस डीपसीकाे समायोजनले टेक्नो अझ स्मार्ट र द्रुत फाेन समेत  बनेको छ ।

डीपसीक एलएलएमले टेक्नो फोनहरूलाई अद्भुत एआई क्षमताहरू प्रदान गर्नेहुदा  भ्वाइस कमान्ड, स्मार्ट क्यामेरा, द्रुत अनुवाद, र उपयोगी टुल्सहरु पहिले भन्दा उत्कृष्ट  र सहज रूपमा काम गर्दछन । डीपसीक एलएलएमसँग टेक्नो एआईले दैनिक कार्यहरूलाई सजिलो र छिटो बनाउँछ जसले विद्यार्थी, व्यवसायी वा प्रविधि प्रेमीहरूको दैनिक कार्य दक्षतामा समेत वृद्धि  गर्नेछ। 

ठुला डिस्प्ले, शक्तिशाली क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीजस्ता प्रिमियम सुविधाहरू सहित  उपलब्ध रहेकाे टेक्नोले किफायती मूल्यमा अत्याधुनिक प्रविधिहरू प्रदान गर्दै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ। डीपसीक एलएलएममार्फत टेक्नोले एआई इनोभेसनमा नयाँ बेन्चमार्क समेत सेट गरेकाे छ ।

यसले नेपालभरका प्रयोगकर्ताहरू लाई शहरहरूदेखि दुर्गम क्षेत्रहरूमा -कनेक्टेड र स्मार्ट अनुभवकाे  सुनिश्चितता  पनि प्रदान गर्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।