ताजा अपडेट »

रोटरी दिवसमा विद्यालय पोशाक वितरण

आइतबार, ११ फागुन २०८१, २१ : ५२
12 Shares
आइतबार, ११ फागुन २०८१
12 Shares

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले १२० औं रोटरी स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ स्थित पडरिया आधारभूत विद्यालयमा अध्ययनरत १३५ जना विद्यार्थीहरुलाई रोटरी क्लव अफ बुटवल चौतारीले विद्यालय पोशाक प्रदान गरेको हो ।

एक कार्यक्रमका बिच क्लवका अध्यक्ष नुमेन्द्र पौडेल र राजकीय बौद्ध बिहारका प्रमुख भन्ते सागर धम्मसहित क्लवका पदाधिकारी तथा सदस्यहरुका साथै शिक्षक शिक्षिकाहरुको उपस्थितिमा पोशाक प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै राजकीय बौद्ध बिहारका प्रमुख भन्ते सागर धम्मले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई गरिएको सहयोग प्रशंसनीय रहेको बताए । क्लवका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले क्लवले यस्ता रचनात्मक कार्यक्रमलाई बिगतदेखि नै निरन्तरता दिंदै आएको बताए । क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले आगामी दिनमा पनि रोटरी सामाजिक कार्यमा अग्रसर भैरहने प्रतिवद्धता व्यक्त गरे ।

त्यस अवसरमा क्लवका निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदी, भुलन यादवलगायतले रोटरीले गर्दै आएको सामाजिक सेवामूलक कामबाट समाजलाई नै सकारात्मक सन्देश दिएको बताएका थिए ।  यसैबिच क्लवले विश्व रोटरी डेको अवसरमा आइतबार बिहान आयोजना गरिएको प्रभातफेरीमा पनि सहभागिता जनाएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।