ताजा अपडेट »

बुटवलमा सम्पन्न महिला भलिबलको उपाधि उजिरसिंहलाई

आइतबार, ११ फागुन २०८१, १९ : ०२
86 Shares
आइतबार, ११ फागुन २०८१
86 Shares

बुटवल । जी पी कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा बुटवलमा आइतबार सम्पन्न महिला भलिबल प्रतियोगिताको उपाधि उजिरसिंह माध्यमिक विद्यालयले जितेको छ । न्यू नमुना बोर्डिङ स्कुल देवदहलाई पराजित गर्दै उजिरसिंहले उपाधि हात पारेको हो ।

उजिरसिंहले उपाधिसँगै रनिङ शिल्ड र मेडलसहित २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै दोस्रोमा समेटिएको न्यू नमुनाले मेडल र प्रमाणपत्रसहित २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा तिलोत्तमाको शान्ति नमुना तृतीय र बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पस सान्त्वना भए । उनीहरुलाई क्रमश: १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी उजिरसिंहकी पुजा सेन ठकुरी र अनुशासित खेलाडी न्यू नमुनाकी सिर्जना सारु मगरलाई जनही १ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष बालकुमारी भण्डारी, काजिमान श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन र भलिबल खेलमा महिलाको आकर्षण बढाउनका लागि शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजना गरिएको १३ औं संस्करणको प्रतियोगितामा यस क्षेत्रका सामुदायिक र संस्थागत गरि १४ विद्यालयको सहभागिता रहेको प्रतियोगिताका संयोजक तथा प्रतिष्ठानका सदस्य बाबुराम विकले जनकारी गराए ।

प्रतियोगितामा विद्यालयहरुको सहभागिता बढाउनको लागि सामुदायिक र संस्थागत विद्यालयलाई छुट्टा छुट्टै पोलमा राखेर प्रतिस्पर्धा गराईएको प्राविधिक सदस्य यमप्रसाद श्रेष्ठले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।