बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १६ स्थित ऐतिहासिक श्री नरेश्वर महादेव बोलबम धाममा महाशिवरात्री मेला २०८१ हुने भएको छ । आईतबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरि मेलाको तयारी पूरा भएको धामका अध्यक्ष पुर्ण प्रसाद पौडेलले बताए ।
पश्चिम क्षेत्रकै महत्वपुर्ण र धार्मिक मेला फागुन १४ गतेबाट २२ गतेसम्म संचालन हुनेछ । पुर्खाबाट नै संचालन भएको मेला केवल ब्यस्थापन गर्दै आएको उनले बताए । मन्दिरमा दर्शालुहरुलाई सहज दर्शन र पुजापाठ गर्ने ब्यवस्थापन गरिएको उनले बताए । मेलालाई ब्यवस्थित गर्न १७ वटा विभिन्न उपसमितिहरु गठन भएको छ । स्थानीय उत्पादन, खेल गतिविधि, रमाईलो र मिठाईका परिकारसहित साढे पाच सय स्टलहरु रहेने आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रममा सल्लाहकार काशीराम शर्माले द्घापर युगबाट मन्दिरको ऐतिहासिकता जोडिएको बताए । केहि समयपछि बन्धो महतोले मन्दिर निर्माण गरेको उनले बताए । पछिल्लोसमय बिसं २००१ सालमा जिर्णोद्धार गरिएको बताए । सेमलार गाउँपञ्चायत रहँदा तत्कालिन समयमा यसलाई ब्यवस्थित गर्ने काम शुरु भएको हो ।
कार्यक्रममा समितिका पुर्वअध्यक्ष गगन बहादुर गुरुङ, समितिका उपाध्यक्ष दामोदर पोखरेलले दर्शालुहरुको सहजता हुने गरि ब्यवस्थापनमा जोड दिएको बताए । धामका सचिव तुल बहादुर चौधरीले मेलास्थलमा निर्माण भएको ९० फिट अग्लो टावरबाट दर्शकहरुलाई दृश्यालोकन गर्न सकिने ब्यवस्थापन गरिएको उनले बताए । थारु संस्कृति झल्कने सास्कृतिक कार्यक्रमहरुलाई जोड दिने उनले बताए । नरेनापुरस्थित कपरकट्टी मिनि फेवातालमा डुगा संचालन गरिने उनले बताए । मन्दिर ब्यवस्थापन समितिको नाममा रहेको १ विगाहा ४ कठ्ठा क्षेत्रफलमा मुल मन्दिर र मेलास्थल रहेको छ ।
प्रतिक्रिया