ताजा अपडेट »

लागुऔषध चरेशसहित कृष्णनगरबाट ३ जना पक्राउ

आइतबार, ११ फागुन २०८१, १७ : २६
222 Shares
आइतबार, ११ फागुन २०८१
222 Shares

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेटबाट लगभग पन्द्रा किलो चरेश जस्तो देखिने वस्तुसहित एक पुरूष र २ जना महिला पक्राउ परेका छन्। 

यात्रुगेट हुँदै भारत जान लागेका व्यक्तिहरू कृष्णनगर प्रहरीले चेकजांच गर्दा पक्राउ परेका छन्।  फाल्गुन १० गते दिउँसो २ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी बिशेष टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं।०२ यात्रुगेट स्थित बाट पक्राउ परेका छन्। 

शंकाष्पद रुपमा नेपालबाट भारत तर्फ जादै गरेका जिल्ला रोल्पा साविक उवा गाविस वडा नं. ०४ हाल थवाङ गाउपालपका वडा नं.०५ बस्ने वर्ष अन्दाजी ४८ की प्रेम सरी रोका, जिल्ला रुकुम पुर्व भुमे गाउपालिका वडा नं.०२ बस्ने बर्ष अन्दाजी २६ कि सरिता पुन मगर र जिल्ला रोल्पा उवा गाविस वडा नं.०६ जन्म स्थान भई हाल जिल्ला कपिलवस्तु साविक शिबगढी गा।वि।स। वडा नं. ०४ हाल शिवराज नगरपालिका वडा नं।०९ बानियाभार बस्ने बर्ष अन्दाजी ६६ को सुक लाल घर्ती मगर लागु औषध चरेश सहित पक्राउ परेका छन्। 

निजहरू लाई रोकी चेकजाँच गर्दा निजहरुले सेतो प्लाष्टिकमा पोको पारी सेतो कार्टुन टेपले बेरी पोका पोका बनाई बाहिरबाट सेतो कोरा कपडाले छोपी धागोले सिलाई बेल्ट बनाई कम्बरमा बाँधी लुकाई छिपाई राखेको अवस्थामा पक्राउ परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए। 

प्रेम सरी रोका, सरिता पुन मगर र सुक लाल घर्ती मगरलाई रित पुर्वक पक्राउ गरी सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट दश दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।