ताजा अपडेट »

सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा

आइतबार, ११ फागुन २०८१, १७ : १९
24 Shares
आइतबार, ११ फागुन २०८१
24 Shares

काठमाडौँ । सिराहाको नवराजपुर गाउँपालिका वडा नम्बर–१ बस्ने १७ वर्षीय किशोरीको शङ्कास्पद मृत्युबारे अनुसन्धान गर्न प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।

माघ ३० मा रिंकुकुमारी सदा घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको मृत्युअघि ‘बलात्कार’ घटना मिलाउन भनेर छलफल गराउने पञ्चहरूसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाले रातोपाटीलाई बताए । उनले भने, ‘अनुसन्धानको लागी ८ जनालाई नियन्त्रणमा लिएका छौँ ।’

पक्राउ पर्नेमा पञ्चायत बस्ने र घटना मिलाउन भूमिका खेल्नेहरू छन् । प्रत्यक्षदर्शीहरूलाई पनि प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ । उनीहरू संलग्न देखिए मुद्दा चलाइने एसएसपी कोइरालाले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।