ताजा अपडेट »

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीद्वारा क्षमता विकास अभिबृद्धि कार्यक्रम

आइतबार, ११ फागुन २०८१, १६ : ४३
34 Shares
आइतबार, ११ फागुन २०८१
34 Shares

बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले व्यसायी तथा उपभोक्ता क्षमता विकास अभिबृद्धि कार्यक्रम गरेको छ । आइतबार बुटवल उपमहानगरपालिकाले सहकार्यमा खुद्रा व्यावसायी संघले उक्त कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रमको बुटवल उपमहानगरपालिकी उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गरिन् । सो अवसमा बोल्दै उपप्रमुख अर्यालले व्यवसायमा फाइदालाई मात्रै नहेरी सेवाको भावनाले पनि हेर्नु पर्ने बताइन् । 

यस्तै कार्यक्रममा संघका अध्यक्ष महेन्द्र पौडेलले व्यवसायीलाई सचेत गराउनका लागि र इमान्दारितापूर्वक व्यवासाय संचालन गराउन उत्प्रेरण दिनका लागि कार्यक्रमको आयोजना गरिएको बताए । यस्तै अध्यक्ष पौडेलले अबको केही समय पछि नै यस्तै सचेतनामूलक कार्यक्रमको आयोजना गर्ने बताए । 

कार्यक्रममा खाद्य तथा गुण नियन्त्रक कार्यालय रुपन्देहीका खाद्य अनुसन्धान अधिकृत श्रवणकुमार ढुङ्गनाले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ म रहेका प्रावधानहरुको बारेमा जानकारी गराएका थिए । 

यस्तै उपभोक्ता हित संरक्षण बुटवल उपमहानगरपालिका अध्यक्ष समुन्द्र जिसिले उपभोक्ताको अधिकार, व्यवसाय र मानवअधिकारको बारमा सहभागिहरुलाई स्पष्ट पारेका थिए । 

बुटवल उपमहानगरपालिकाका अनुगमन शाखा प्रमुख ठगेश्वर पौडेलले बुटवल उपमहानगरपालिकाले व्यवसायी नीतिको बारेमा जानकारी गराउँदै व्यवसायलाई आवश्यक सहयोग गर्न उपमहानगरपालिका तयार रहेको बताए । 

कार्यक्रम संघका अध्यक्ष महेन्द्र पौडेलको अध्यक्षता तथा द्धितीय उपाध्यक्ष  तथा कार्यक्रम संयोजक गोपालकुमार प्रधानको स्वागत मन्तव्य र सचिव हेमलाल बेल्बासेको संचालनमा सम्पन्न भएको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।