ताजा अपडेट »

भौतिक पुर्वाधार मात्र विकास भन्नु खेदजनक छ: सुमना श्रेष्ठ

आइतबार, ११ फागुन २०८१, १६ : २५
28 Shares
आइतबार, ११ फागुन २०८१
28 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिनु खेदजनक रहेको बताएकी छन् । 

आइतवार संघीय ससद भवन परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माण भएरहेको केबुलकारका विषयमा बोल्नु पर्ने बताएकी हुन् । 

उनले भनिन्,‘ताप्लेजुङको विषयमा बोल्नुपर्ने छ । ताप्लेजुङबाट आएका भिडियोहरु भयावह छ । यदि विकास निर्माणको परिभाषा भौतिक पूर्वाधार मात्र हो भने भ्यू टावरहरुको निर्माणलाई विकास भनिए एकमत जनाउन सकिदैन् । भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिएको छ । त्यो एकदम खेदजनक छ ।’

उनले लोकतन्त्रमा फरक मत राख्ने अधिकार हुने भन्दै राजनीतिककर्मीहरुले दमन गरेको र यो लोकतन्त्र नभएको पनि बताइन् । यस्तै राप्रपाका संसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई घमण्ड नगर्न चेतावनी दिए । उनले कांगे्रस डरलवादी संगठन भएको आरोप पनि लगाए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।