ताजा अपडेट »

स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्नेमा जोड

आइतबार, ११ फागुन २०८१, १६ : ०९
16 Shares
आइतबार, ११ फागुन २०८१
16 Shares

काठमाडौं । राष्ट्रियसभाका सांसद उर्मिला अर्यालले अन्य देशसँग भर पर्नेभन्दा देशको अर्थतन्त्र सशक्त बनाउनुपर्ने बताउँदै उनले देशको स्रोतसाधन  परिचालन गरी देशमा रोजगारी सृजना गर्नुपर्नेमा जोड दिएकी छन् । 

बजेट परिचालनलाई पारदर्शी बनाउँदै अनुदान रकमको सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले स्वाभिमान अर्थतन्त्रको निर्माणभन्दा पनि वैदेशिक रोजगारी, विप्रेषणमा मात्र भरपर्न नहुने बताइन् । 

 सांसद शारदादेवी भट्टले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत प्रकृति लम्साललाई न्याय दिलाउनुपर्ने माग गरिन् । 

उनले महिलामाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै “दुःखका साथ भन्नुपर्छ, निर्मला पन्थ, प्रकृति लम्साल, रिङ्कुकुमारी सदा जस्ता धेरैले अनाहकमा ज्यान गुमाउनु परेको छ ”, भनिन् ।

सरकारले हालै जारी गरेका अध्यादेशको विरोध उपयुक्त नभएको तर्क गर्दै उनले सबै मिलेर तिनलाई पारित गर्नुपर्ने बताइन् । प्रतिनिधिसभा सदस्य सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभाका बारेमा हालै दिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।