बुटवल । 'शाइन आर्थिक पत्रकारिता पुरस्कार-८०८१ बाट पत्रकार दामोदर खनाल पुरस्कृत भएका छन्। आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै खनाललाई बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभ्लपमेण्ट बैंकले सम्मान गर्दै उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
बैंकको १७ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा खनाललाई ५० हजार १११ रुपियाँसहित पुरस्कृत तथा सम्मान गरेको हो । बैंकका अध्यक्ष थानेश्वर पौडेल, प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगाएतले संयुक्त रुपमा पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।
३ दशकदेखि पत्रकारितामा कृयाशिल वरिष्ठ पत्रकार खनाल एभिन्युज टेलिभिजन लुम्बिनी प्रदेश प्रमुख हुन् । पत्रकार खनाल ग्लोबल आवाज अनलाइनको स्तम्भकार पनि हुन ।
पुरस्कार वितरणका लागि अर्थसाश्त्री डा. बाबुराम ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय मुल्यांकन समिती गठन गरिएको थियो । समितीको सदस्यमा पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसी र शाइन बैंकको तर्फबाट लालमणि पौडेल रहेका थिए ।
बैंकले वि.स. २०७८ सालदेखी पत्रकार महासंघ रुपन्देहीको समन्वयमा रु ५ लाखको कोषको स्थापना गर्दै आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने सुरुवात गरेको थियो । यो पुरस्कार २०७८ मा यमलाल भुसाल , २०७९मा माधव नेपाल र २०८० मा भुवन कार्की र धनश्याम गौतमले पाएका थिए ।
प्रतिक्रिया