ताजा अपडेट »

प्रधानमन्त्री ओली भारत भ्रमणको निमन्त्रणाको पर्खाइमा हुनुहुन्छ : परराष्ट्रमन्त्री राणा

आइतबार, ११ फागुन २०८१, १५ : २०
80 Shares
आइतबार, ११ फागुन २०८१
80 Shares

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका लागि निम्ताको पर्खाइमा रहेको बताएकी छन् । 

द हिन्दुसँग  शनिबार कुराकानी गर्दै मन्त्री राणाले अप्रिलमा बैंककमा हुने बिमस्टेक सम्मेलनका दौरान साइडलाइनमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेट हुने र सन् २०२५ को ‘पहिलो भाग’मा प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो आउने आशा व्यक्त गरेकी हुन् ।
भारतबाट ढिलाइ हुने संकेत पाएपछि नै प्रधानमन्त्री ओलीले सन् २०२४ को नोभेम्बरमा चीनको भ्रमण गरेका थिए । यसले पनि दिल्ली र काठमाडौँबिचको दूरी झनै बढाएको विश्लेषण गरिएको छ ।

यद्यपि, गत हप्ता मस्कटमा इन्डियन ओसन कन्फरेन्सका दौरान भारतीय विदेशमन्त्री एस जयशंकरसँग सौहार्दपूर्ण कुराकानी भएको राणाले बताएकी छन् । उनका अनुसार जयशंकरसँग नेपाली सामग्रीको गुणस्तर क्लियरेन्स, जलविद्युत आयोजनाको प्रगति, पोखरा र भैरहवा विमानस्थलका लागि हवाई रुट लगायत विषयमा खुलेर छलफल भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।