ताजा अपडेट »

नियमित काममा फर्किए उपप्रधानमन्त्री पौडेल

आइतबार, ११ फागुन २०८१, १४ : ५१
42 Shares
आइतबार, ११ फागुन २०८१
42 Shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् ।

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी मन्त्री घाइते भएका थिए ।

कीर्तिपुर स्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उनी डिस्चार्ज भएका थिए । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।