ताजा अपडेट »

बुटवलमा अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता शुरु

आइतबार, ११ फागुन २०८१, १४ : ३४
86 Shares
आइतबार, ११ फागुन २०८१
86 Shares

बुटवल । बुटवल उपमहानगरको आयोजनामा आइतबारदेखि दोस्रो नगर स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको समुद्घाटन गर्दै उपमहानगरका प्रमुख खेलराज पाण्डेयले विद्यालय स्तरबाटै लोक सँस्कृति र कलाको बिकासका लागि प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे । उपप्रमुख सावित्रा अर्यालले बुटपलको शैक्षिक बिकासका लागि सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षालाई समेत जोड दिइएको उल्लेख गरिन । 

उपमहानगरले लोक सँस्कृति र खेलकुदको बिकासका लागि विद्यालय स्तरमा हुने गतिविधिलाई प्राथमिकता दिएको बताइन । लोक नृत्य प्रतियोगितामा शनिबार २८ वटा सामुदायिक विद्यालयले प्रतिस्पर्धा गरेका छन् । २ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सोमबार २२ वटा संस्थागत विद्यालयहरु बीच प्रतिस्पर्धा हुने सामाजिक बिकास महाशाखा प्रमुख तथा कार्यक्रम संयोजक दामोदर ज्ञवालीले जानकारी दिए । प्रतियोगितामा कलाकारहरु नारायण रायमाझी, डिल्लीनारायण पाण्डे र कृष्ण रेउले निर्णायकको भूमिकामा रहेका छन् ।

प्रतियोगितामा संस्थागत तथा सामुदायिक विद्यालय गरि दुई फरक-फरक समुहबाट प्रथम हुनेलाई नगद राशी ७५ हजार, दोस्रो हुनेलाई ५० हजार तथा तृतीय स्थान हासिल गर्नेलाई ३५ हजार र सान्त्वना हुने २ विद्यालयलाई २५ हजार नगद राशी प्रदान गरिने छ ।











ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।