दार्चुलाको मार्मा र खण्डेश्वरी क्षेत्रका स्थानीय मल्देश संस्कृतिको छलिया नृत्य गरी पाहुनालाई स्वागत गर्छन् । छलिया नृत्य स्थानीय बोहरा, ठेकरे जातीले चाडपर्व, जात्रा, बिहे, ब्रतबन्ध तथा पाहुनाको स्वागत सत्कारमा नाच्ने गर्छन् ।
छलिया नृत्य सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यको कुमाउ क्षेत्रमा प्रचलित छ । तलबारसहितको कला देखाउँदै गरिने यो नृत्य विवाहमा बढी प्रयोग गरिन्छ । नेपालभित्र भने बैतडी, डडेल्धुरा, दार्चुला र डोटी क्षेत्रमा यो नृत्य बढी चर्चित छ ।
प्रतिक्रिया