ताजा अपडेट »

राज्यले मगर समुदायप्रति उपेक्षा गर्यो : पूर्व मन्त्री राना

आइतबार, ११ फागुन २०८१, ०९ : ५०
88 Shares
आइतबार, ११ फागुन २०८१
88 Shares

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद विरबहादुर रानाले मगर समुदायप्रति राज्यले उपेक्षा गरेको गुनासो गरेका छन् । नेपाल एकीकरणदेखि जनआन्दोलनसम्म मगर समुदायको ठूलो योगदार रहेको भएपनि राज्यबाट उपेक्षित हुँदै आएको उनले बताए । 

४३ औं मगर दिवसको सन्दर्भमा एमजी क्लब बुटवलले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै रानाले मगर समुदायका लागि शिक्षा नै पहिलो आवश्यकता भएकाले संस्कार संस्कृती जोगाउने र आफू पनि सक्षम र सशक्त बनेर मात्र राज्यको मुल धारमा आउन सकिने धारणा व्यक्त गरे । जुनसुकै राजनैतिक आस्थाबाट समुदायको परीवर्तनका पक्षमा काम गर्न सकीने उनले बताए । नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दल बहादुर बिरकट्टाले मगर इमानका साथ काम गर्ने सोझो जाती भएकाले दलहरुले उपयोग मात्र गर्ने गरेको गुनासो गरे । बिभिन्न दलमा लागेका मगर समुदायहरु एकजुट भएर आफ्नो अस्तित्वका लागि लडाई लड्नुपर्ने आजको आबश्यकता भएको औल्याए । नेपाल मगर महिला संघका केन्द्रीय अध्यक्ष हिरु रानाले मगर समुदाय आर्थिक हिसाबमा पनि अगाडि बढ्नुपर्ने भन्दै समावेशीतामा कार्यान्वयन र संविधानमा प्रदत्त अधिकार स्थापित गराउन मगर संघ र मगर महिला संघले निर्णायक कदम चाल्नुपर्ने अवस्था आएको बताइन् । 

कार्यक्रममा बुटवल उपमहानगरका प्रवक्ता शिब रानाले मगर समुदायको विकाशका लागि सकदो काम भईरहेको भन्दै नागरीक बडापत्र मगर भाषामा राखिएकोले पहिचानमा यसले मद्दत गर्ने तर्क गरे । कार्यक्रममा मगर संघका केन्द्रीय सल्लाहकार दिन बहादुर थापाले आर्थिक रुपमा बलियो हुँदा बाँकी अधिकार स्थापित हुन सहज हुने दाबी गरे । कार्यक्रममा इन्जिनीयर गम प्रशाद रेश्मी, सञ्चार समनवय परीषद लुम्बिनीका अधयक्ष मिलन गाहा, मगर संघ रुपन्देही जिल्ला अध्यक्ष थर्क बाह्रघरे लगायत विभिन्न पेशामा आबद्ध मगर समुदायको उपस्थीती रहेको थियो । 

कार्यक्रममा मगर खाना प्रवर्द्धन समेत गरिएको थियो । कार्यक्रममा चर्चित कलाकार श्याम राना, बिमता घर्ती, दिपु मगरसहित स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।  कार्यक्रम एमजी क्लबका अध्यक्ष ओम बहादुर सारुको अध्यक्षता महासचीब महेश खाम्चाको सञ्चालनमा सम्पन्न भएको थियो । बिभीन्न ठाउँबाट बुटवलमा पेशा ब्यबसाय गरेका युवाहरुको सहभागिता एमजी क्लब गठन गरिएको हो ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।