ताजा अपडेट »

पाथीभरा केवलकार विवाद : शनिबार साँझ झडप, आज विहानैदेखि निशेषाज्ञा

आइतबार, ११ फागुन २०८१, ०८ : ५५
56 Shares
आइतबार, ११ फागुन २०८१
56 Shares

विराटनगर । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा जारी आन्दोलन बीच शनिबार साँझ वीरेन्द्र चोकमा झडप भएपछि आज आइतबार विहानैदेखि निशेषाज्ञा जारी गरिएको छ । शनिबार साँझ राँके जुलुस निकाल्ने क्रममा प्रदर्शनकारी र प्रहरी बीच झडप हुँदा २ जना घाइते भएका थिए । 

सो घटना लगत्तै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । आज बिहान ५ बजेबाट लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले  फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शन र जुलुसका कारण स्थानीय स्तरमा  प्रतिकूल स्थिति सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति देखिएपछि शनिबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी  गरेको हो । प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।