ताजा अपडेट »

पाल्पाबाट चुनढुंगा बोकेर गएको टिप्पर नवलपुरमा दुर्घटना, एक जनाको मृत्यु

आइतबार, ११ फागुन २०८१, ०८ : ४७
804 Shares
आइतबार, ११ फागुन २०८१
804 Shares

बुटवल । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-३ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्।

ना १ क ९१२९ नम्बरको टिपर दुर्घटना हुँदा मकवानपुरको बागमती गाउँपालिका ६ फापरवारीका ३२ वर्षीय नरबहादुर बाइवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए। पाल्पाबाट चुन ढुंगा बोकेर नवलपुरको विनयी त्रिवेणी–१ होङसी सिमेन्टतर्फ जाँदै गरेको टिपर दुर्घटनामा परेको हो। 

दुर्घटना विनयी त्रिवेणी गाउँपालिका ३ का २४ वर्षीय सुनिल सार्की, २३ वर्षीय दीपक सुनार र पर्साको वीरगन्ज उपमहानगरपालिका २७ का ३० वर्षीय ताज महमद हावारी घाइते भएका छन्। घाइते सबैको मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचार भरहेको प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।