बुटवल । काठमाडा बाहिर केन्द्रीय कार्यालय रहेको ‘ख’बर्गको एक मात्रै विकास बैंक साईन रेसुङ्गा डेभलपमेन्ट बैंक १७ औ वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय बुटवलमा आइतबार विविध कार्यक्रमसहित मनाउँदै छ । सो अवसरमा कालिकानगरस्थित प्रधान कार्यालयबाट मणिग्रामसम्म राष्ट्रियस्तरको १० किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको छ । ३ विधामा आयोजित दौड प्रतियोगिताका विजेता-उपविजेताका लागि ५ लाख रूपैयां पुरस्कार राशी रहेको छ । यस्तै दिउँसो २ बजे ड्रिमल्याण्ड रिसोर्ट मणिग्राममा शाइन आर्थिक पत्रकारिता पुरस्कार वितरण, उत्कृष्ट शाखा र कर्मचारी सम्मान लगायत कार्यक्रम हुने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।
बैंकको अधिकृत पूँजी रु ८ अर्व, जारी पुंजी ४ अर्व ८७ करोड र चुक्ता पूँजी पनि ४ अर्व ८७ करोड रहेको छ ।
२०८१ पौष मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार निक्षेप संकलन रु. ६९ अर्ब ७२ करोड बचत निक्षेप ३६.९३ प्रतिशत, मुद्दती निक्षेप ५६.७४ प्रतिशत, कल चल्ती तथा अन्य ६.३३ प्रतिशत रहेको छ । कर्जा लगानीतर्फ रु.५७ अर्ब ४९ करोड रहेको छ । जसमा ब्यापार कर्जा १८.९१ प्रतिशत, कृषि कर्जा ५.९१ प्रतिशत, आवास निर्माण कर्जा ३.८२ प्रतिशत, विपन्न बर्ग कर्जा ५.८९ प्रतिशत, जग्गा खरिद कर्जा ४.९५ प्रतिशत, होटल तथा पर्यटन कर्जा १६.८५ प्रतिशत, उद्योग कर्जा १४.२१ प्रतिशत, उपभोग्य कर्जा २०.३५ प्रतिशत, हायरपर्चेज कर्जा १.४८ प्रतिशत रहेको छ । अस्पताल, शिक्षा आदीमा ६.५५ प्रतिशत र अन्य कर्जा १.०८ प्रतिशत रहेको बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०८०/०८१ मा ब्याजकर, पारिश्रमिक कर लगायत अन्य शिर्षकमा गरी श्रोतमा कर कट्टी तर्फ रु. ३५ करोड ५७ लाख ८० हजार, आयकर तर्फ रु. ३७ करोड ०६ लाख ६६ हजार गरी कुल रु ७२ करोड ६४ लाख ४६ हजार सरकारी कोषमा जम्मा गरेको छ । चालु आ.व. २०८१/८२ को पौष मसान्त सम्म अग्रिम आयकर तर्फ रु १७ करोड ९८ लाख ७३ हजार र ब्याजकर, पारिश्रमिक कर, लाभांश कर लगायत अन्य शिर्षकमा गरी श्रोतमा कर कट्टी तर्फ रु. १६ करोड ९३ लाख ६४ हजार गरी कूल ३४ करोड ९२ लाख ३७ हजार जम्मा गरेको छ ।
बैंकका अध्यक्ष थानेश्वर पौडेलले निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा बृद्धि गर्ने, कर्जाको गुणस्तरमा विशेष ध्यान दिई ग्रामिण क्षेत्रमा कृषि, साना तथा मझौला उद्यम लगायतका क्षेत्रहरूमा लगानी बिस्तार गर्ने, डिजिटल कारोवारलाई थप सुरक्षित र भरपर्दो बनाउँदै उत्कृष्ट विकास बैंक बन्ने लक्ष्यसहित अघि बढेको बताए ।
प्रतिक्रिया